Comments Add Comment

के विश्वभरकै इन्टरनेट अवरुद्ध हुँदैछ ? खास कुरा के हो ?

विश्वमा आगामी ४८ घण्टाका दौरान इन्टरनेट अवरुद्ध हुने खबर आइरहेको छ । यो समाचारको आधारमा कतिपयले भनिरहेका छन् कि यसबाट विश्वभर इन्टरनेट ठप्प हुँदैछ । रसिया टुडेको रिपोर्ट अनुसार इन्टरनेट कर्पोरेसन अफ असाइन्ड नेम्स एण्ड नम्बर्सले क्रिप्टोग्राफिक की सिस्टमको मर्मत गर्दैछ । क्रिप्टोग्राफिक कीले इन्टरनेटको एड्रेस बुक अर्थात् डोमेन नेम स्टिमको सुरक्षा गर्ने गर्दछ । यसका कारण मुख्य डोमेन सर्भरहरु तथा त्यससँग जोडिएका नेटवर्क पूर्वाधार केही समयका लागि अवरुद्ध हुनेछन् ।

यद्यपि, विश्वभर इन्टरनेट अवरुद्ध हुने हल्लाबाट आम इन्टरनेट प्रयोगकर्ता चिन्तित हुनु नपर्ने बताइको छ । किनकि विश्वका केवल १ प्रतिशत इन्टरनेट प्रयोगकर्ताहरु मात्रै यसबाट प्रभावित हुने बताइएको छ । अर्थात् ९९ प्रतिशत मानिसलाई यसले असर पार्नेछैन ।

रिपोर्ट अनुसार यदि नेटवर्क अपरेटर वा आइएसपिहरु यस परिवर्तनका लागि तयार नभएमा  इन्टरनेट प्रयोगकर्तालाई समस्या पर्न सक्दछ । आइएसपीहरुले उपयुक्त सिस्टम सेक्योरिटी एक्स्टेन्सनलाई सक्रिय पारेमा प्रयोगकर्ताले इन्टरनेट अवरोधको सामना गर्नुपर्ने छैन ।

विश्वभर इन्टरनेट अवरुद्ध हुने खबर फैलिएसँगै इन्टरनेट कर्पोरेसन फर एसाइन्ड नेम्स एण्ड नम्बर्सले प्रष्टिकरण दिँदै यसको असर नगन्य हुने बताएको छ ।

उनका अनुसार क्रिप्टोग्राफिक की मा परिवर्तनको काम अघिल्लो दिनदेखि नै चलिरहेको र त्यसबाट इन्टरनेट सेवामा कुनै खास नकारात्मक असर परेको देखिएको छैन ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment