+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नारायणी मलको फेन्सी पसलमा शील

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २८ गते १९:३६

२८ असोज, हेटौंडा । हेटौंडामा रहेको नारायणी मलमा सञ्चालित जिनी एण्ड जोनी ब्राण्डको फेन्सी पसलमा शील गरिएको छ ।

स्थानीय प्रशासन तथा आन्तरिक राजश्व कार्यालयसहितको अनुगमन टोलीले अर्किड ग्लोबल प्रालिद्वारा सञ्चालित पसलमा शील लगाएको हो ।

जिनी एण्ड जोनी ब्राण्डका फेन्सी कपडाहरु अधिकमूल्यमा बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्ने गुनासो तथा बजार अनुगमनसमेत निरन्तरता दिने क्रममा अनुगमन टोलीले नारायणी मलमा सञ्चालित ब्राण्डेड कपडा तथा जुत्ता पसलमा अनुगमन गरेको हो ।

टोलीले नारायणी मलभित्र सञ्चालनमा रहेको फ्युचर ग्रुप अफ कम्पनी र सुपरमार्केटको अनुगमन गरेको हो । अनुगमन टोलीले दर्ता बिना सञ्चलन गरिरहेको र कपडाको खरिद तथा बिक्री खाता र बिल नराखेको भन्दै अर्किड ग्लोबल कम्पनीको पसललाई शिल गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत बिनयकुमार श्रीवास्तवले बताए । अर्किड ग्लोबल प्रालि काठमाडौंमा दर्ता भए पनि हेटौंडामा शाखा पसल सञ्चालनको लागि दर्ता नगरेकोले पसल शील गरिएको उनले बताए ।

अनुगमन टोलीले १० दिनभित्र आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालय र आन्तरिक राजश्व कार्यालयमा उपस्थित हुनसमेत निर्देशन दिएको छ । टोलीमा आन्तरिक राजश्व कार्यालयका नायब सुब्बा सरोज भण्डारी, प्रहरी नायब निरीक्षक अरुणकुमार झा, उपभोक्ता हित सञ्रक्षण मञ्चका अध्यक्ष बासु खतिवडालगायत सञ्चारकर्मीहरुको सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?