Comments Add Comment

बार्सिलोनाको जस्तो टिम कतै पाएको छैन : गार्डिओला

२९ असोज, काठमाडौं । प्रशिक्षक पेप गार्डिओलाले आफूले बार्सिलोनामा रहँदा सम्हालेको जस्तो टिम कतै पनि नभएको बताएका छन् ।

बार्सिलोनामा आफू रहँदाका खेलाडी सबै राम्रो भएको र उनीहरुले उत्कृष्ट तालमेल मिलाएर खेलेको गार्डिओलाले ला ग्याजेटसँगको अन्तर्वार्तामा बताएका छन् ।

‘दुई पटक हामीले च्याम्पियन्स लिग जित्यौं । जहाँ सात जना त युवा टिमका खेलाडी थिए । उनीहरु सबैले टिममा देखाएको खेल र मेलमिलाप निकै राम्रो थियो’ उनले भने ।

गार्डिओलाले बार्सिलोना सम्हाल्दाका धेरै खेलाडी त सात/आठ वर्षको उमेरमा क्लबमा आएका थिए । जो बार्सिलोनामा नै स्टारका रुपमा उदाए ।

‘बार्सिलोनाले पनि ममाथि राम्रो विश्वास गरेको थियो । युवा समूह सम्हालेर आएकोले मलाई उनीहरुलाई बुझ्न सजिलो भएको थियो’ उनले भने ।
‘हामीसँग विश्वकै उत्कृष्ट खेलाडीहरु थिए ।’

गार्डिओला बार्सिलोनामा रहँदा दुई च्याम्पियन्स लिग, दुई क्लब विश्वकप, दुई युरोपियन सुपर कप, तीन ला लिगा, दुई कोपा डेल रे र तीन स्पेनिस सुपर कप जितेका थिए ।

गार्डिओला त्यस्तो खेलाडी र तालमेल जीवनमै एकपटक मात्रै मिल्न पनि कठिन हुने बताउँछन् ।

‘बार्सिलोनामा हुँदाका तस्बिर हेर्दा म अहिले पनि भावुक हुन्छु । त्यहाँ हामीले जित मनाएका क्षणहरु सधैं याद आइरहन्छन्’ उनले भने ।

गार्डिओलाले बार्सिलोनाका स्टार लियोनल मेस्सीलाई पनि धेरै सम्भिmएका छन् । मेस्सीको शैली उत्कृष्ट रहेको र उनीजस्ता खेलाडीलाई प्रशिक्षण दिन पाउनु ठूलो कुरा भएको उनले बताए ।

‘हरेक महत्वपूर्ण खेलमा मेस्सीले नै भिन्नता सिर्जना गर्थे र खेल जिताउने भूमिका निभाउथे’ उनले भने । अहिले इंग्लिस क्लब म्यानचेस्टर सिटीमा रहेका गार्डिओलाले गएको सिजन सिटीलाई लिग जिताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment