+
+
Shares

एभरेष्ट बैंकमा पैसा जम्मा गर्ने क्रममा ३० हजार चोरी

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २९ गते १६:११

२९ असोज, बुटवल । बुटवलको बिपी चोकमा रहेको एभरेष्ट बैंकमा पैसा जम्मा गर्ने क्रममा ३० हजार चोरी भएको छ । दीपक गौतमले  काठमाडौंमा रहेकी सालीको खातामा पठाउन लगेको पैसा चोरिएको हो ।

घटना साढे २ बजेको भए पनि प्रहरीले थाहा पाएपछि साढे ३ बजेमात्रै बैंकमा पुगेको छ ।

भौचर भरेर काउन्टरमा पुगेर डिपोजिट गर्न पैसा दिन खोज्दा पैसा नभेटिएपछि केहीबेर बैंकमा तनाव भएको थियो ।

बागेश्वरी मेडिसिन डिस्ट्रव्युटर ज्योति पथमा काम गर्ने दीपकले आफूले भौचर भर्ने बेलामा छेउमा भएको ब्याक्तिले पैसा लिएर भागेको आशंका गरे ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लले रकम जम्मा गर्ने व्यक्तिकै लापरवाहीका कारण रकम चोरी भएको बताए ।

रकम चोरी गर्ने व्यक्तिको खोजी कार्य जारी रहेको मल्लले बताए । यसअघि दुई महिनाअघि पनि सो बैंकमा रकम जम्मा गर्न गएका एक जनाको २ लाख २३ हजार रुपैयाँ चोरी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?