+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सुत्केरीलाई पोषण भत्ता

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ३० गते १०:५३

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ ले सुत्केरीलाई पोषण भत्ता उपलव्ध गराउन थालेको छ ।

ग्रामीण क्षेत्रका महिला सुत्केरी हुँदा पोषणको कमीले विभिन्न सङ्क्रामक रोग देखा पर्न थालेपछि पोषिलो खानेकुरा खानका लागि सुत्केरी भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको हो ।

सुत्केरीलाई फलफूल, दूध, दही, माछा मासु, गेडागुडी उपभोग गराई स्वस्थ बनाउनका लागि ‘शुरक्षित मातृत्व पोषण कार्यक्रम’ अन्र्तगत  एक पटकका लागि रु एक हजार २०० पोषण भत्ता उपलव्ध गराउने व्यवस्था गरिएको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए । साउन महिनादेखि असोजको हालसम्म पाँच महिलालाई पोषण वापतको भत्ताको रकम उपलब्ध गराइएको छ ।

सुत्केरी भएको ३० दिनभित्र शिशुको जन्म भएको अस्पताल वा स्वास्थ्य चौकीको प्रमाणसहित वडा कार्यालयमा नाम दर्ता गराएपछि मात्रै पाइने सो भत्ता लिन शिशु स्वास्थ्य चौकीमा जन्मिएको हुनुपर्ने, चार पटक स्वास्थ्य चौकीमा गर्भ जाँच गराउनुपर्ने र स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै शिशुको जन्म भए महिला स्वयंसेविका र जनप्रतिनिधिको सिफारिस चाहिने नियम बनाइएको छ ।  दुई सन्तान जन्माउने आमालाई मात्रै भत्ता वापतको रकम दिइने अध्यक्ष चौधरीले जानकारी दिए ।

अस्पताल वा स्वास्थ्य चौकीमा शिशुलाई जन्म दिए आमा र शिशु सुरक्षित हुने र दुई सन्तान मात्रै जन्माए परिवार सुखी हुने भएकाले यस्तो नियम बनाइएको छ । “दुई छाक खाना जुटाउन नसक्ने परिवारका सुत्केरी हुने महिलाले भत्ताको रकमले पोषणयुक्त खाना उपभोग गरी बच्चालाई समेत स्वस्थ राख्ने हुँदा वडा सदस्यसँग छलफल गरी भत्ता दिने निर्णय गरिएको हो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?