Comments Add Comment

दशैंमा खानेकुरा नष्ट नगरौं, खाद्य संकटको मार हाम्रा सन्ततीले झेल्नुपर्नेछ

दशैंलाई मिठोमसिनो खाने पर्वको रुपमा लिन्छौं । पाहुनालाई निम्त्याएर होस् वा पाहुना लागेर होस्, मिठोमसिनो परिकार खाइन्छ । भान्सामा थरीथरीका परिकार पाक्छ । दिनमै पटक-पटक खाइन्छ । सामान्य अवस्थामा भन्दा धेरै खानेकुरा हामी दशैंमा खपत गर्छौं ।

दाल, चामल, माछा, मासु, मरमसला, नुन-तेल लगायतका खाद्य पदार्थ भण्डारण गरेर नै दशैं मनाउने प्रचलन छ । इष्टमित्र निम्त्याउने र भोजभत्तेर गरिन्छ । पाहुना आउनसाथ मिठोमसिनो खानेकुरा टक्र्याउँछौं । पाहुना लाग्दा पनि यस्तै खानेकुरा हाम्रो प्लेटमा आइपुग्छ ।

र, तपाईंले हेक्का राख्नुभएको होला, दशैंमा भरपेट खाएर पनि हामी आधाभन्दा बढी खानेकुरा छाड्छौं । जुठो बनाएर छाडेका यी खानेकुरा कतिले बस्तुभाउलाई दिन्छन् । कतिले त्यसै मिल्काउँछन् । तपाईं आफै सोच्नुहोस् त, हरेक छाकमा तपाईं कति खाना जुठो बनाइरहनुभएको छ ? कति खानेकुरा नष्ट गरिरहनुभएको छ ?

पक्कैपनि, खाएको भन्दा जुठो बनाएर त्यसै नष्ट गरेको खानेकुरा बढी होला ।

खानेकुरा नष्ट गर्दाको दूष्परिणाम

अब गुदी कुरा गरौं, संसारमा अहिले जुन रफ्तारमा जनसंख्या बढिरहेका छन्, त्यस अनुरुप अन्न उत्पादनको क्रम भइरहेको छैन । त्यसमाथि जलवायु परिवर्तनले प्रकृतिमा धावा बोलिरहेको छ । खेतीबालीहरु लगाउने, पाक्ने उपक्रम मिलेको छैन । भनौं, संसारमा जति जनसंख्या छन्, त्यस अनुरुप खानेकुराको अभाव हुँदै गएको छ ।

अब तपाईंको छोराछोरी होलान् । नातानातिनी होलान् । सन्तान होलान् । भोलिको दिनमा उनीहरुले जलवायु परिवर्तनको गंभिर असर त झेल्नुपर्ने नै छ । साथसाथै खाद्यसंकट पनि ।

संयुक्त राष्ट्र संघको अनुमानमा सन् २०५० सम्म विश्वका जनसंख्या लगभग १० अर्ब हुनेछ, यत्तिका जनसंख्याको पेट भर्नका लागि ५० प्रतिशत बढी भोजन उत्पादन गर्नुपर्नेछ ।’

अध्ययनले देखाउँछ कि, हालको अवस्थामा परिवर्तन गरिएन भने धेरै खाद्य उत्पादनको पर्यावरणमा दुष्प्रभाव पर्नेछ । अहिलेको तुलनामा यो दुष्प्रभाव सन् २०५० सम्म ९० प्रतिशतसम्म बढ्न सक्छ, यसले पृथ्वीमा मानिसलाई बस्नका लागि एकदमै अनुकुल हुनेछैन ।

बैज्ञानिकहरु भन्छन्, ‘पर्यावरणलाई धेरै नोक्सान नपुर्‍याई विश्वमा बढ्दो जनसंख्याको पेट भर्न सकिन्छ ।’ यसका लागि केवल मासुको खपत घटाउनुपर्छ, खानलाई नष्ट गर्ने क्रम रोकिनुपर्छ र खेतीबालीको तरिका उन्नत हुनुपर्छ ।

वैज्ञानिकहरु भन्छन् कि माथि उल्लेख गरिएको कुरामध्ये कुनै एकलाई वेवास्ता गरेमा जलवायु परिवर्तनको गति अरु तिब्र हुनेछ । प्रदूषण बढ्नेछ । प्राकृतिक स्रोत र साधन रित्तिनेछ । यसको सोझो अर्थ हो कि, यस धर्ती मानिसका लागि असुरक्षित हुनेछ ।

अनुसन्धानकर्ताहरु भन्छन्, ‘यदी हामीले खोजेका समस्याहरुमाथि समाधान खोज्ने हो भने हाम्रो रिसर्चले देखाएको छ बढ्दो जनसंख्याको पेट भर्न असंभव छैन ।’

स्केन्डेनेभियन थिंक ट्यांक ईएटीको रिसर्चले भन्छ, ‘संभावित प्रतिकुलताबाट बच्नका लागि यस्तो डाइटमा र्फकनुपर्नेछ जसमा सागसब्जी, फल, ड्राइ फ्रुट्सको खपत बढी र मासु तथा दुधजन्य उत्पादनको मात्रा कम गर्नुपर्छ ।’

अनुसन्धानकर्ता भन्छन्, ‘हप्तामा रातो मासु एक पटक वा त्यो भन्दा पनि कम पटक खानुहोस् ।’ संयुक्त राष्ट्रको खाद्य र कृषि संगठन भन्छ कि पशुजन्य खानेकुराले १४ दशमलव ५ प्रतिशत ग्रीन हाउस ग्यास उत्सर्जनका लागि जिम्मेवार छ ।’ शोधकर्ताका अनुसार यसबेला एक तिहाई खाना डस्बिनमा मिल्काउने गरिएको छ । यस बर्बादीलाई कम्तीमा पचास प्रतिशत कटौती गर्नुपर्छ । यसका साथै धर्तीको उब्जाउ बढाउने, रिसाइकल हुनसक्ने उर्जा प्रयोग गर्न र जल प्रवन्धनलाई अझ उन्नत एवं उपयोगी बनाउन जरुरी छ ।

अनुसन्धानकर्ता भन्छन्, ‘आम उपभोत्ताका लागि यो सन्देश छ कि, उनीहरुले आफ्नो खानपानको तरिका बदल्नुपर्छ । आफ्नो राजनेतालाई भन्नुहोस् कि यसका लागि बेग्लै र प्रभावकारी कानुन बनाइयोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment