Comments Add Comment

हामीले संविधान ल्यायौं तर छोरी चेलीको रक्षा भएनः चन्द्र भण्डारी

३० असोज, गुल्मी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले अहिले देशमा शिव र सीता जस्तो नेतृत्व आवश्यक भएको बताएका छन् ।

मंगलवार गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर २ छल्दीको पालुखा माबिमा चलेको शैक्षिक तथा धार्मिक महोत्सवको समापन गर्दै नेता भण्डारीले नेपालीहरुमा कुनै लगाव नभएको भन्दै केही गरौं भन्ने भावना भएकालाई बाँच्न समेत गाह्रो भएको बताए ।

सोही कार्यक्रममा उनले नेपालको संविधानले छोरी, चेलीहरुको रक्षा गर्न नसकेको बताएका छन् । ‘हामीले संबिधान बनायौं, हामीले ल्याएको अधिकारले महिलाहरु दिउँसै हिँडन नसक्ने, छोरीहरु स्कुल जान नसक्ने, संघीयता भनेको देश फुटाउने भयो, यस्तो अबस्थामा हामी पुग्यौं ।’ उनले भने ।

नेता भण्डारीले कलि युगमा समाज परिर्वतनको भूमिका खेल्छ उसलाई चिन्न नसक्ने दिन आएको बताए ।

अर्काे प्रसंगमा उनले अब हरेक व्यक्तिलाई संस्कृत भाषा पढाउन पर्ने दिन आएको बताएका छन् ।

मंगलवार गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर २ छल्दीको पालुखा माबिमा चलेको शैक्षिक तथा धार्मिक महोत्सवको समापन गर्दै नेता भण्डारीले अबको ३० वर्षभित्र हरेक युवालाई संस्कृत भाषा पढाउन पर्ने आबश्यता रहेको बताए ।

उनले ब्रामाण्ड बचाउन संस्कृत भाषाले महत्वपूर्ण भूमिका निर्वाह गरेको र अरु भाषाले काम नगरेकाले सबै युवा युवतिलाई संस्कृत भाषा पढाउनु पर्नेमा आबश्यक रहेको बताए । संस्कृत भाषाले ब्रामाण्ड सुरक्षा गर्दै मानवको सुरक्षा गर्न गुरुहरु लाग्नु पर्ने बताए ।

‘हामी गरीब केही नभएको झै हुनुपर्ने केही नभएर होइन,’ भण्डारीले भने, ‘यहाँ धेरै धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रहरु छन् त्यसको भरपुर प्रयोग हुन सकिरहेको छैन् ।’ सिंह दरबारमा बस्ने भन्दा गउँमा बस्ने धार्मिक, राष्ट्रवादी, जनप्रपिय भएको बिभिन्न ठाउँमा शैक्षिक क्षेत्रको बिकासको निम्ति उठेको रकमले पुष्टि गरेको बताए ।

जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर २ पालुखाको छल्दीस्थित पालुखा माबिलाई कक्षा ११ र १२ सञ्चालन गर्ने उदेश्यले यही असोज २२ गतेबाट ३० गतेसम्म चलेको शैक्षिक तथा धार्मिक महोत्सव सम्पन्न भएको छ ।

९ दिनसम्म पालुखा माबिको छल्दीमा चलेका महोत्सवमा बाल योगेश्वर महाराजले कथा प्रवचन गरेका थिए ।

धार्मिक महोत्सवबाट जग्गा र नगद सहित करिब १ करोड रकम संकलन भएको मुल आयोजक समितिका सदस्य राममल्ल ठकुरीले बताए ।

महायज्ञ सञ्चालन गर्नको लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एबं इस्मा गाउँपालिका २ का वडा अध्यक्ष टिकाबहादुर रेश्मीको संयोजकत्वमा ३ सय ५१ सदस्यि मुल आयोजक समिति सदस्य गठन गरिएको थियो ।

महायज्ञलाई प्रभावकारी बनाएर सम्पन्न गर्नको लागि भन्दै २३ वटा उपसमितिसमेत गठन गरिएको थियो । महोत्सवबाट उठेको रकमबाट विद्यालयले आगामी वर्षदेखि कक्षा ११ को पठनपाठनसमेत सुरु गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment