+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

श्रीलंकाली राष्ट्रपतिको दाबीः ‘रअ’ले मेरो हत्या गर्न खोजेको छ

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ३१ गते १४:३६

३१ असोज, काठमाडौं । श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरीसेनाले भारतीय खुफिया एजेन्सी ‘रअ’ ले आफ्नो हत्या गर्ने षड्यन्त्र रचिरहेको दावी गरेका छन् । श्रीलंकाली राजनीतिमा उनी भारतपरस्त मानिने गर्थे ।

रअले आफ्नो हत्या योजना बनाएको आशंका सिरीसेनाले मंगलबारको क्याविनेट बैठकमा व्यक्त गरेको ‘द हिन्दू’ को एक समाचारमा उल्लेख छ । रअकै सहयोगमा चुनाव जितेको आरोप लागेको सिरिसेनाको यो बयानले भारतसँग उनको सम्वन्धमा तिक्तता आएको संकेत गर्छ ।

स्रोतलाई उद्दत गर्दै समाचारमा भनिएअनुसार सिरीसेनाले मन्त्रिपरिषद् बैठकमा भनेेका थिए, ‘सम्भवत भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रअको योजनासँग जानकारी छैनन् ।’

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेको भारत भ्रमणको पूर्वसन्ध्यामा सिरिसेनाको दाबी सार्वजनिक भएको छ । रनिलले केही दिनपछि गर्ने भारत भ्रमणमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर भारतीय सहयोगका परियोजनाका साथै द्वीपक्षीय हितबारे छलफल गर्नेछन् ।

श्रीलंकाली नेतृत्वले रअमाथि प्रश्न उठाएको यो पहिलो पटक होइन । सन् २०१५ मा चुनाव हारेपछि तत्कालीन राष्ट्रपति महिन्दा राजाजपाक्षेले आफ्नो सत्ता हटाउन रअले भूमिका खेलेको आरोप लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?