+

अष्ट्रेलिया १४५ रनमै अलआउट

२०७५ असोज  ३१ गते १५:४४ २०७५ असोज ३१ गते १५:४४
अष्ट्रेलिया १४५ रनमै अलआउट

काठमाडौं । पाकिस्तानविरुद्धको दोस्रो टेष्टको पहिलो पारीमा अष्ट्रेलिया १४५ रनमै अलआउट भएको छ ।

२ विकेटको क्षतिमा बनाएको २० रनबाट दोस्रो दिनको खेल थालेको अष्ट्रेलियाले १४५ रन बनाउँदा बाँकी सबै विकेट गुमायो । एरोन फिन्चले ३९ रन बनाए भने मिचेल स्टार्कले ३४ रन जोडे । उसका ६ ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

अष्ट्रेलियालाई सस्तैमा मेट्ने क्रममा दोस्रो दिन मोहम्मद अब्बास र बिलाल आसिफले समान ३-३ विकेट लिए । समग्रमा अब्बासले १२.४ ओभरमा ३३ रन दिएर ५ विकेट लिए ।

पहिलो पारीमा पाकिस्तानले २८२ रन बनाएको थियो ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय