१ कात्तिक, काठमाडौं । काठमाडौंको ठूलो भर्याङमा बिहीबार बिहान मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुपालचोक जुगल–७ घर भइु हाल सानो भर्याङ बस्दै आएका ५५ वर्षीय वीरबहादुर तामाङ छन् । उनको मनमोहन मेमोरियल अस्पताल, कलंकीमा उपचारका क्रममा बिहान ६ बजे मृत्यु भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बनस्थलीबाट स्वयम्भु जाँदै गरेको बा २९ प ३७०७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
ठक्कर दिने सवारीसाधन र चालकलाई महानगरीय प्रहरी वृत्त, स्वयम्भुले नियन्त्रणमा लिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4