Comments Add Comment

सम्भोग गर्दा पलङ भाँचिएर लडेपछि यस्तो आपत्

दक्षिणपूर्वी इंगल्याण्डको बर्कशायर सहरमा एक जोडी दम्पत्तिले सम्भोगका क्रममा सावधानी नअपनाउँदा ठूलै सकस बेहोर्नुपरेको छ ।

सेक्स गर्दा पलङ नै भाँचिएपछि उत्तानो परेकी महिला भुइँमा बजारिँदा गम्भीर घाइते भएकी छिन् । उनको मेरुदण्डमा चोट लाग्दा उनको शरीर प्यारालाइज्ड भएको छ ।

समाचार अनुसार स्थानीय जोन नामका पुरुष उनकी क्लेयर नामकी पार्टनरसँग सम्भोगमा लीन थिए । तर एक्कासी उनीहरु यौनक्रिडा गरिरहेको पलङ भाँच्चियो र भुइँमा बजारिन पुगे ।

जोन मार्सलका अनुसार पलङ भाँचिएर भुइँमा बजारिएपछि उनी जुरुक्कै उठे तर क्लेयर भने लडिरहिन् । उनी जोडले हाँसे र क्लेयरलाई उठ्न भने । तर क्लेयर उठ्न सकिनन् । किनकी उनको मेरुदण्डमा गम्भीर चोट लागेको थियो । उनको जिउको माथिल्लो भाग नचल्ने भएको थियो ।

सेक्स गर्दा पलङ भाँचिएर जिउ नै नचल्ने भएकी ती महिलाले पलङ बनाउने कम्पनी विरुद्ध मुद्दा हालेकी छिन् । उनले केही दिनअघि मात्र उक्त बेड खरीद गरेकी थिइन् ।

लण्डन उच्च अदालतमा यो मुद्दामा सुनुवाई भएको छ । उनले पलङकै कमजोरीका कारण दुर्घटना भएको दाबी गरेकी छिन् । पलङ उत्पादक कम्पनीले भने यस्तो आरोप अस्विकार गरेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment