Comments Add Comment

किन बन्द भयो युट्युब ?

बुधबार बिहान विश्वभर नै एक घण्टाका लागि युट्युब ठप्प भयो । यु ट्युब नचलेपछि करोडौँ इन्टरनेट प्रयोगकर्ताहरु सोसल मिडियामा कोकोहोलो मच्चाइरहे । #YouTubeDown शीर्षक सोसल मिडियामा ट्रेण्डिङ भयो ।

झण्डै एक घण्टाको अवरोध पछि चाहीँ युट्युब खुल्यो । कम्पनीले युट्युबमा देखिएको प्राविधिक गडबडी उक्त अवधिमा समाधान गरेपछि युट्युब पुनः सञ्चालनमा आएको हो ।

प्राविधिक गडबडी समाधान गरी युट्युब पुनः सुचारु गरेसँगै युट्युबले एक ट्विट गर्दै लेखेको थियो, ‘हामी पुनः सुचारु भएका छौँ । यहाँहरुको धैर्यका लागि धन्यवाद । यदि युट्युब अझैपनि चलेको छैन भने कृपया हामीलाई खबर गर्नुहोला ।’

यसअघि युट्युब डाउन भएलगत्तै पनि कम्पनीले ट्विट गरेर जानकारी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment