३ कात्तिक, काठमाडौं । दशैंको समयमा काठमाडौंमा नक्कली नोटको विगविगी भएको भेटिएको छ । काठमाडौं प्रहरीले एक हजार दरका २९ वटा नक्कली नोटसहित दुर्इ युवकलाई पक्राउ गरेसँगै राजधानीमा नक्कली नोटको विगविगी भएको भेटिएको हो ।
परिसरका अनुसार नक्कली नोटसहित कागेश्वरी मनहरा–११ का २५ वर्षीय शाहिल थापा र स्थानीय २९ वर्षीय विकास दोक्चे महर्जन पक्राउ परेका हुन् ।
काठमाडौं महानगरपालिका–७, चाबहिल चोकमा जाँच गर्ने क्रममा बा ४५ प ८०६६ नम्बरको स्कुटर चालक शाहिल र स्कुटरमा सवार विकासको साथबाट नक्कली नोट बरामद भएको हो ।
घटनाको विषयमा महानगरीय प्रहरी वृत्त, गौशलाले विस्तृत अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4