Comments Add Comment

हुवावेले ल्यायो सबैभन्दा महंगो स्मार्टफोन

चिनियाँ स्मार्टफोन कम्पनी हुवावेले अहिलेसम्मकै सबैभन्दा महंगो स्मार्टफोन सार्वजनिक गरेको छ ।

हालै एप्पललाई पछि पार्दै विश्वको दोश्रो ठूलो स्मार्टफोन कम्पनी बन्न सफल हुवावेले महंगो स्मार्टफोनको सूचिमा पनि एप्पललाई नै पछि पार्दै पहिलो स्थानमा उक्एिको हो ।

हुवावेले मंगलबार बेलायतको लण्डनमा आयोजित विशेष समारोहमा आफ्नो फ्लागसीप Mate 20 स्मार्टफोन लञ्च गरेको हो । हुवावेले मेट ट्वान्टी सिरिजका चारवटा मोडेल सार्वज्निक गरेको छ । जसमध्ये Mate 20 RS  स्मार्टफोन सबैभन्दा महंगो रहेको छ ।

उक्त स्मार्टफोनको सुरुवाती मूल्य १६ सय ९५ युरो तोकिएको छ । मेट ट्वान्टी आरएसमा ८ जिबीको र्याम, २५६ जिबीको स्टोरेज रहेको छ । त्यस्तै ८ जिबी र्याम र ५१२ जिबी स्टोरेज सहितको मोडेल नोभेम्बरमा उपलब्ध गराइने र त्यसको बेस प्राइस २ हजार ९५ युरो हुने हुवावेले जनाएको छ ।

यसअघि सबैभन्दा महंगो स्मार्टफोनको रुपमा आइफोन एक्सम्याक्स रहेको थियो । ६४ जिबी स्टोरेज क्षमताको आइफोन एक्स म्याक्सको बेस प्राइस १६ सय ४९ रहेको छ ।

हुवावेको यो सर्वाधिक महंगो स्मार्टफोनको सबैभन्दा विशेष भनेको यसको डिजाइन नै रहेको छ । स्मार्टफोनको विशेष डिजाइनका लागि हुवावेले जर्मन कम्पनी प्रोस्चे डिजाइनसँग सहकार्य गरेको छ । यसअघि मेट नाइन स्मार्टफोनका लागि पनि हुवावेले उक्त जर्मन कम्पनीसँग सहकार्य गरेको थियो ।

नयाँ स्मार्टफोनमा पछिल्लो भागको बीच भागमा कालो काँच तथा साइडमा टेक्स्चर्ड लेदर रहेको छ ।

यो स्मार्टफोनमा ६.३९ इन्चको कभर््ड ओएलइडी स्क्रिन रहेको छ जसको रिजोलुसन ३१२० गुणा १४४० पिक्सेल रहेको छ । यसमा हुवावेकै आर्टिफिसियल इन्टेलिजेन्स तथा किरिन ९८० र माली जी ७६ चिपसेट रहेको छ ।

यसमा इनस्क्रिन फिंगरप्रिन्ट सेन्सर, थ्री डी फेसियल अनलक सपोर्ट था बोन भ्वाइस आइडी फिचर रहेको छ । साथै फास्ट चार्ज सपोर्ट सहितको ४२ मिली एम्पियर आवर क्षमताको ब्याट्री पनि रहेको छ ।

अर्को महत्वपूर्ण फिचर भनेको वायरलेस रिभर्स चार्जिङ पनि हो । यो फिचरका कारण यस स्मार्टफोनलाई अन्य क्यू आइ इनेबल्ड डिभाइसको चार्जिङ प्याडको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

यो स्मार्टफोनमा २४ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ ।

पछाडिको भागमा तिनवटा क्यामरा रहेका छन् । जसमा एउटा ४० मेगापिक्सेल, दोश्रो २० मेगापिक्सेल र तेश्रो ८ मेगापिक्सेलको लेन्स रहेको छ ।

यो स्मार्टफोन पानी र धुलो प्रतिरोधी रहेको दाबी गरिएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment