+

मेस्सी केही हप्ता खेल्न नसक्ने, बार्सिलोना शीर्षस्थानमा

२०७५ कात्तिक  ४ गते १२:४६ २०७५ कात्तिक ४ गते १२:४६
मेस्सी केही हप्ता खेल्न नसक्ने, बार्सिलोना शीर्षस्थानमा

४ कात्तिक, काठमाडौं । नौ खेलबाट १८ अंक जोडेको बार्सिलोना स्पेनस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले सेभिल्लालाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

कप्तान लियोनल मेस्सीको पासमा फिलिप काउटिन्होले पहिलो हाफको दोस्रो मिनेटमा गोल गरेर बार्सालाई अग्रता दिलाएका थिए । १२ औं मिनेटमा मेस्सीले गोल अन्तर दोब्बर पारे । दोस्रो हाफमा लुइस स्वारेज र राकिटीकले एक-एक गोल गरे ।

सेभिल्लाका लागि लिङ्लेट र मुरीलले गोल गरेका थिए । ९ खेलबाट १६ अंक जोडेको सेभिल्ला अंक तालिकाको तेस्रो स्थानमा छ ।

यसैबीच घरेलु मैदानमा महत्वपूर्ण तीन अंक हासिल गर्ने क्रममा मेस्सी घाइते भएका छन् । दाहिने हातमा चोट लागेपछि उनी २६ औं मिनेटमा मैदानबाट बाहिरिए ।

बार्सिलोनाका स्टार मेस्सी चोटका कारण केही हप्ता खेल्न नसक्ने समाचार एजेन्सीहरूले जनाएका छन् । उनी आगामी आइतबार हुने एलक्लासिको खेल्न नसक्ने करिब निश्चित छ ।

क्रिस्टियानो रोनाल्डोले रियल मडि्रड छाडी सकेकाले एक दशकपछि पहिलो पटक एलक्लासिकोमा मेस्सी र रोनाल्डो हुने छैनन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय