Comments Add Comment

जसले ३३ वर्षदेखि दाह्री काटेका छैनन्

तपार्इंलले दाह्रीजुँगा कति दिनमा खौरिनुहुन्छ ? भारतका गिरीधर व्यास नामका व्यक्तिले विगत ३३ वर्षदेखि दाह्र्री काटेका छैनन् ।

५८ वर्षका गिरिधरले सन् १९८५ देखि दाह्रीजुँगा पालिरहेका छन् र अहिले उनका दाह्रीजुँगाको लम्बाई २२ फिट पुगेको छ ।

उनी आफूलाई दुनियाँकै लामा दाह्रीजुँगा भएका मानिस भएको दाबी गर्छन् र गिनिज बुकमा नाम लेखाउने धोको छ ।

यति लामो दाह्री भएपछि त्यसको स्याहार गर्नु पनि कम गाह्रो छैन । दिनहुँ ३–४ घण्टा उनलाई दाह्रीको स्याहार गर्नमै लाग्दछ ।

राजस्थानको बिकानेर क्षेत्रमा बस्ने गिरिधरले आफ्नो जीवनमा अहिलेसम्म साबुन र स्याम्पुको प्रयोग नगरेको बताउँछन् । त्यसैले उनको दाह्री टुक्रिने समस्या छैन । मुल्तानी माटोले उनी जिउ तथा दाह्री सफा गर्दछन् । त्यस्तै दिनहुँ तेलले मालिस गर्दछन् दाह्रीमा । कागती र मरिचको धुलोको मिश्रण बनाएर दाह्रीमा लगाएर धुन्छन् जसका कारण आफ्ना दाह्री मुलायम बन्ने उनको दाबी छ ।

गिरिधर राजस्थानको वन विभागका कर्मचारी पनि हुन् । उनी दाह्रीकै कारण सेलिब्रेटी बनिसकेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment