+
+
Shares

पर्सामा ४ महिनामा दर्जन बढी बलात्कारका उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ५ गते १२:१७

५ कात्तिक, वीरगञ्ज । पर्सामा ४ महिनाको अवधिमा दर्जन बढी बलात्कारका उजुरी परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, पर्साले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठदेखि असोजसम्म ४ महिनामा १२ वटा बलात्कारका उजुरी आएका छन् ।

जेठ्मा जर्बजस्ती करणीको २, साउनमा ५, भदौमा ३, असोजमा २ उजुरी परेका छन् । यही अवधिमा ज्यान मार्ने उद्योगका २ वटा उजुरी परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले बलात्कारका घटनामा गम्भीर ढंगले अनुसन्धान गर्ने गरिएको बताए । ‘जर्बजस्ती करणी गर्न खोज्दा मैले नमानेपछि मार्न खोजे भनेर पनि उजुरी आएका छन्’, उनले भने, ‘हामीले मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेका छौं । दोषी नछुटुन, निर्दोष नफसुन भन्ने उद्देश्य हाम्रो हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?