Comments Add Comment

के २० लाख लिएर पलले ‘हृदय भरी’ साइन गरेका हुन् ?

चलचित्र ‘शत्रु गते’पछि नयाँ चलचित्र साइन नगरेका नायक पल शाहले निर्देशक सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गर्न लागेको चलचित्र साइन गरेका छन् । ‘हृदय भरी’ नाम दिइएको चलचित्रका लागि पलसँग संझौता भएको निर्देशक नाल्बोले जानकारी दिएका छन् ।

यो चलचित्रको छायांकन चैत्रबाट हुनेछ । चलचित्रका लागि पलसँग रोमान्स गर्न नयाँ नायिकाको खोजी भैरहेको छ । निर्देशक नाल्बोले भने-‘हो, हामीले नयाँ नायिकाको खोजी गरिरहेका छौ । २० बर्ष माथिका र ५ फिट ३ इन्च भन्दा माथिको उचाई भएका यूवतीले हामीसँग सम्पर्क गर्न सक्नेछन् ।’ शाह प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रलाई चन्दन शाह, सौरभ विश्वासको लगानी रहनेछ ।

यो चलचित्रका लागि नायक पल शाहले २० लाख रुपैयाँ पारिश्रमिक लिएको वुझिएको छ । केही समय चलचित्रमा काम नगरेपनि पलले म्यूजिक भिडियोमा भने प्रशस्त काम गरेका छन् । यसैले पनि पलले आफूलाई लुकाउन खोजेपनि सकेनन् ।

यसैले नाल्बो र उनको टिमले दिएको यति महंगो पारिश्रमिकलाई कभर गर्ने क्षमता पलले राख्न सक्छन् या सक्दैनन्, प्रतिक्षा गर्नैपर्छ । रोमान्टिक कथामा बन्न लागेको यो चलचित्रलाई साढे २ करोडमा बनाउने नाल्बोले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment