Comments Add Comment

अष्ट्रेलिया र युएईबीचको टि-ट्वान्टी क्रिकेट खेल सुरु

५ कात्तिक, काठमाडौं । पहिलो पटक अष्ट्रेलिया र युएईबीचको टि-ट्वान्टी क्रिकेट खेल सुरु भएको छ ।

अबुधावीस्थित शिख जायद रंगशालामा घरेलु टिम युएईले अष्ट्रेलियाविरुद्ध टस जितेर ब्याटिङको निर्णय गरेको छ । युएईले अष्ट्रेलियासँग खेल्न लागेको यो पहिलो पटक हो ।

क्रिकेटको पावर हाउस मानिने अष्ट्रेलियासँग आफ्नै घरेलु भूमिमा एक दिवसीय मान्यता प्राप्त राष्ट्र युएईले खेल्ने अवसर पाएको हो ।

यो ऐतिहासिक खेलमा युएईको तर्फबाट कप्तानको भूमिका रोहन मुस्तफाले निभाउँदै छन् । त्यस्तै, अष्ट्रेलियाको कप्तानी आरोन फिन्चले गरेका छन् ।

ऐतिहासिक खेलमा अष्ट्रेलियालाई कडा टक्कर दिने योजनामा युएई छ । अष्ट्रेलिया भने कमजोर मानिएको युएईसँग सहज जित निकाल्ने दाउमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment