+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

पाँचथरमा पेट्रोलियम पदार्थ अभाव, सहज हुन ३ दिन लाग्ने

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ६ गते १०:२८

६ कात्तिक, पाँचथर । दशैँको समयमा पाँचथरमा पेट्रोलको अभाव भएको छ । दशैँ अगाडिनै आयात भएको पेट्रोल यसअघिनै सकिएको थियो ।

यसबाट आफन्तकोमा टीका लगाउन तथा ताप्लेजुङमा अवस्थित पूर्वको प्रसिद्ध पाथीभरा मन्दिरमा गएका दर्शनार्थी प्रत्यक्ष मारमा परेका छन् ।

झापाको विर्तामोडबाट पाथीभरा मन्दिर गएका अनिल तिवारीले भने, ‘मन्दिरको दर्शन गर्न भनेर हिँडियो तर आज बीच बाटोमै अलपत्र परियो, पम्पमा गयो, पेट्रोल छैन भन्छन् बाहिर गयो कतै पाइँदैन अब कसरी जाने हो, दोधारमा परियो ।’

उनी मात्रै नभएर अन्य तीर्थयात्री समस्यामा परेका छन् । यस्तै पाँचथरको याङवरक गाउँपालिकाबाट झापाको चन्द्रगढी ससुराली हिँडेका हरि न्यौपाने भन्छन्, ‘सबै पम्पतिर जाँदा पाइएन् तर बाहिर प्रतिलिटर रु १५० का दरले पेट्रोल पाइयो, नभएपछि त्यहीँ भए पनि हालेर जान बाध्य भएँ ।’

कृत्रिम अभाव सिर्जना गरेर बाहिर व्यापारीले खुलेआम बिक्री गर्दा पनि सम्बन्धित निकाय भने मौन रहेको स्थानीयको गुनासो छ । जिल्लामा रहेका तीनवटै पम्पमा पेट्रोल दुईदिन अघिनै सकिएको सदरमुकाम फिदिममा तेल वितरण गर्दै आउनुभएका इन्द्रायणी अटो मोबाइल्सका विक्रेता टोकनाथ तामाङले बताउँछन् ।

जिल्लामा पेट्रोल आयात गरेर बिक्री गर्न अझै दुईदेखि तीन दिनसम्म समय लाग्ने विक्रेताले बताएका छन् । जिल्लामा प्रतिदिन पाँच हजार लिटर हाराहारीमा पेट्रोल खपत हुने विक्रेता बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?