Comments Add Comment

अब साम्राज्ञीको नयाँ चलचित्र के ?

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको यो बर्ष २ चलचित्र रिलिज भए । करिब २ महिनाको अन्तरमा ‘कायरा र इन्टु मिन्टु लण्डनमा’ रिलिज भएका थिए । दुई मध्ये ‘कायरा’को व्यापार औषत रह्यो भने ‘इन्टु मिन्टु लण्डनमा’को व्यापारलाई सुखद मान्नुपर्छ ।

२ चलचित्र रिलिज भैसकेपछि अब साम्राज्ञीको नयाँ चलचित्र के त ? आजसम्म, उनले नयाँ चलचित्रमा संझौता गरेको खबर सार्वजनिक भएको छैन । हुनत, साम्राज्ञीकै भनाइलाई मान्ने हो भने उनलाई हरेक दिन नयाँ चलचित्रबाट अफर आउँछ । हाल छायांकन भैरहेको ‘लभ स्टेशन’देखि हलमा बम्पर कमाई गरिरहेको ‘छक्का पन्जा ३’बाट उनलाई अफर आएको हो । तर, उनले चलचित्रमा काम गरिनन् ।

साम्राज्ञीले आफ्नो इन्स्टाग्राममा एउटा तस्बिर पोष्ट गर्दै ‘ह्वाट नेक्स्ट ?’ भन्दै आफैलाई प्रश्न सोधेकी छिन् । साम्राज्ञीका फ्यान उनको नयाँ चलचित्र कुन होला भन्ने प्रतिक्षामा छन् । साम्राज्ञीलाई नै उनको नयाँ चलचित्र कुन हो भन्ने थाहा नभएको होला कि के होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment