Comments Add Comment

साफ यु-१५ च्याम्पियनसिपको तयारी पूरा

६ कात्तिक, काठमाडौं । साफ यु-१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगितामा आयोजक नेपालसहित ७ राष्ट्रको सहभागिता रहेको छ ।

समूह ए मा आयोजक नेपालसँगै बंगलोदश, माल्दिभ्स र पाकिस्तान रहेका छन् । समूह बि मा भने भारत, भुटान र श्रीलंका रहेका छन् ।

नेपालले पहिलो खेल कात्तिक ८ गते पाकिस्तानसँग खेल्दैछ । कात्तिक १० गते माल्दिभ्ससँग दोस्रो खेल खेल्ने नेपालले समूह चरणको अन्तिम खेल १२ कात्तिकमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने दाबी गरेको नेपालको लक्ष्य उपाधि जित्ने रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment