+
+

निलम्बित एसपीको स्पष्टीकरण : निर्मला हत्याको छानविनमा लापरवाही गरेको छैन

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ७ गते २१:१०

७ कात्तिक, काठमाडौं । निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको अभियोगमा निलम्बनमा परेका एसपी डिल्लीराज विष्टले स्पष्टीकरण बुझाएका छन् ।

विष्टले बुधबार प्रहरी प्रधान कार्यालयमा बुझाएको स्पष्टीकरण गृह मन्त्रालय पठाइएको छ । प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले अनलाइनखबरसँग भने, ‘विष्टले बुझाएको स्पष्टीकरण जस्ताको तस्तै गृहमा पठाएका छौं ।’

स्रोतका अनुसार स्पष्टीकरणमा विष्टले आफूले लापरवाही नगरेको दाबी गरेका छन् ।

१३ वषर्ीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको घटनाको छानबिनमा लापरवाही गरेको भन्दै गृहले किन कारबाही नगर्ने भनी स्पष्टीकरण सोधेको थियो ।

छानबिन समितिको प्रतिवेदनले समेत प्रहरीको लापरवाही देखाएपछि विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई स्पष्टीकरण सोधिएको हो । स्रोतका अनुसार चित्तबुझ्दो जवाफ नआए बर्खास्त गर्ने गृहको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?