Comments Add Comment

विश्वकप ट्रफी : नेपालमा चार दिन चार ठाउँमा लगिने

७ कात्तिक, काठमाडौं । आईसीसी विश्वकप क्रिकेटको ट्रफी यही शुक्रबार नेपाल ल्याइदैछ ।

२०१९ मा इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने विश्वकप क्रिकेटको ट्रफी विश्व टुर अन्तर्गत नेपाल पनि ल्याउन लागिएको हो । यो ट्रफी नेपालमा शुक्रबारदेखि सोमबारसम्म राखिने छ ।

आईसीसीकी नेपाल प्रतिनिधि भावना घिमिरेले शुक्रबार ट्रफी नेपाल ल्याउन लागिएको जानकारी दिइन् । त्यही दिन बेलुका स्वयम्भूमा ट्रफीको प्रदर्शन हुनेछ । त्यसपछि विश्वकप ट्रफीलाई शनिबार विहान पोखरा लगिने छ ।

पोखरामा पोखरा पि्रमियर लिग (पीपीएल) कात्तिक ९ गतेदेखि सुरु हुने हुदा नेपालका सबै खेलाडी र क्रिकेटका सम्बद्ध ब्यक्तित्व त्यहीँ हुने हुदा पोखरा लान लागिएको हो । त्यसपछि ट्रफीलाई फेरि काठमाडौं ल्याइने छ । आइतबार विहान चन्द्रागिरीमा ट्रफीलाई प्रदर्शनमा राखिने छ ।

अन्तिम दिन सोमबार बसन्तपुरमा ट्रफीलाई प्रदर्शनमा राखी नेपाल भ्रमणको अन्त्य गरिने आईसीसीकी नेपाल प्रतिनिधि भावनाले जानकारी दिइन् ।

त्यस्तै, देशको पहिचान र ऐतिहासिक स्थान भएको कारण ट्रफीलाई स्वयम्भु, चन्द्रगिरी र बसन्तपुरमा प्रदर्शनमा गर्न लागिएको उनले बताइन् । त्यस्तै, ट्रफीको लागि सबै सुरक्षा व्यवस्थापन नेपाल पुलिसले गर्ने पनि उनले प्रतिक्रिया दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment