८ कात्तिक, काठमाडौं । भुटानमा यसैसाता सम्पन्न आम निर्वाचनबाट ८ जना नेपाली मूलका सांसदहरुले चुनाव जितेका छन् । दक्षिणी भुटानबाट चुनाव जितेका उनीहरु सबैजना ड्रुक न्यामरुप सोग्पा (डीएनटी) पार्टीका प्रतिनिधि हुन् । यो पार्टीले संसदमा बहुमत पाएको छ ।
भुटानको नेशनल एसेम्ब्लीको कुल सीट संख्या ४७ जनाको रहेको छ । यहाँ सरकार बनाउनका लागि २४ सीट आवश्यक पर्छ ।
प्राप्त नतिजा अनुसार संसदमा नेपालीभाषी समुदायका दिलमाया राई, दिनेशकुमार प्रधान, गणेश घिमिरे, लोकनाथ शर्मा, जयवीर राई, हेमन्त गुरुङ्ग, टेकबहादुर राई र गर्जमान राईले चुनाव जितेका छन् ।
भुटान सरकारले नेपाली भाषीलाई शरणार्थी बनाएर देश निकाला गरे पनि दक्षिण भुटानमा अहिलेसम्म नेपाली भाषीहरुको प्रभाव छ भन्ने यो चुनावले समेत देखाएको छ ।
खासगरी दक्षिण भुटानमा नेपाली भाषीहरुको बाहुल्य छ । त्यहाँको चुनावी प्रतिस्पर्धा विगतमा जस्तै नेपाली भाषीहरुकै वीचमा भएको छ ।
याे पनि पढ्नुहाेस्
प्रतिक्रिया 4