Comments Add Comment

सचिन तेन्दुलकर र विराट कोहली को अघि ?

८ कात्तिक, काठमाडौं । एकदिवसीय क्रिकेट ब्याट्सम्यानमा सचिन तेन्दुलकर र विराट कोहली दुवैको नाम प्रतिष्ठाका साथ लिइन्छ ।तेन्दुलकरले आफ्नो समयमा जे गरेका थिए त्यसको तुलना हुन त नसक्ला तर अरुका उपलब्धिसँग जोडेर हेर्न भने सकिन्छ ।

कोहलीले एक दिवसीयमा सबैभन्दा छिटो १० हजार रन पूरा गर्ने तेन्दुलकरको कीर्तिमान तोडेपछि केही तुलना पनि हुन थालेका छन् ।
२००१ मा अस्टे्रलियाविरुद्धको एकदिवसीयमा १ सय ३९ रन बनाएर तेन्दुलकरले २ सय ५९ औं इनिङमा १० हजार रन पूरा गरेका थिए ।

कोहलीले बुधबार वेस्ट इन्डिजविरुद्ध अविजित १ सय ५७ रन बनाएर २ सय ५ इनिङमा १० हजार पूरा गरे । यी दुई खेलाडी मात्रै हुन्, जसले शानदार शतक बनाएर १० हजार रन पार गरे ।

१० हजार रन पूरा गर्दाको तथ्यांकमा तेन्दुलकर र कोहलीलाई जोडेर हेर्दा कोहली अंकका बादशाह जस्ता देखिन्छन् ।

तेन्दुलकरले १० हजार रन पूरा गर्दा एभरेज ४२.६३ थियो । कोहलीको एभरेज ५९.६२ छ । तेन्दुलकरले २८ शतक र ५० अर्धशतक बनाएका थिए । कोहलीले ३७ शतक र ४८ अर्धशतक बनाएका छन् ।

दुवैले टिमले बनाएको पूरा रनमा दिएको योगदान हेर्ने हो भने सचिनले १९.३ प्रतिशत रनमा योगदान गरेका थिए भने कोहलीले २०.२ प्रतिशत रनमा योगदान दिएका छन् ।

तेन्दुलकरले १० हजार रन पूरा गर्दा एभरेज ४२.६३ थियो । कोहलीको एभरेज ५९.६२ छ । तेन्दुलकरले २८ शतक र ५० अर्धशतक बनाएका थिए । कोहलीले ३७ शतक र ४८ अर्धशतक बनाएका छन् ।

यसरी तुलना गर्दा एकदिवसीय ब्याट्सम्यानमा को अघि भन्ने तथ्य निकालिहाल्न भने हुँदैन । त्यसले तेन्दुलकरलाई अन्यायमा पार्ने छ । जतिबेला तेन्दुलकरले १० हजार रन बनाएका थिए त्यो बेला एकदिवसीयमा धेरै टार्गेट बनाउने क्रिकेट आइसकेको थिएन ।

किनभने, तेन्दुलकरले १० हजार रन पूरा गर्दा अरु ब्याट्सम्यानको एभरेज रनरेट हेर्ने हो भने पनि ७१.५१ थियो । अहिले कोहलीको समयमा अरु ब्याट्सम्यानको एभरेज रनरेट ८५.९९ छ ।

तेन्दुलकरले ४२.६३ को एभरेजमा रन बनाएको समय अरु ब्याट्सम्यानको एभरेज २७.९० मात्रै थियो । अहिले कोहलीले ५९.६२ को एभरेजमा रन बनाउँदा अरु ब्याट्सम्यानको एभरेज ३१.७३ रहेको छ ।

१० हजार रन पूरा गर्दाको समयलाई हेर्दा तेन्दुलकरले ३८ पटक म्यान अफ दि म्याचको उपाधि जितेका थिए भने कोहलीले ३० पटक म्यान अफ दि म्याच जितेका छन् ।

यसमा हेर्नुपर्ने अर्को विषय तेन्दुलकरले खेलेका सुरुका ६६ इनिङमा उनी मध्यक्रमको ब्याट्सम्यान थिए । जहाँ सुरुवाती ब्याटिङमा भन्दा अवस्था केही भिन्न नै हुन्छ । उनले ओपनिङमा आएपछिको एभरेज ४६.३७ थियो भने स्ट्राइक रेट ८९.६० थियो ।

तेन्दुलकरले टप फोरमा नै ब्याटिङ गर्दा हरेक ६.८६ इनिङका शतक बनाएका हुन्थे । जतिबेला अरु ब्याट्सम्यानलाई हेर्दा २४.७ इनिङमा शतकको एभरेज थियो । अहिले कोहलीले ५.३२ इनिङको एभरेजमा शतक बनाएका छन् । अहिले अरुको शतक एभरेज पनि १६.५५ इनिङमात्रै रहेको छ । यसले के देखाउँछ भने तेन्दुलकरको समयमा अहिलेभन्दा शतक बनाउन निकै कठिन थियो ।

रन चेज गर्दाको ब्याटिङ हेर्ने हो भने पनि तेन्दुलकर र कोहली दुवै मास्टर नै छन् । १९८९ मा एकदिवसीय डेब्यू गरेका तेन्दुलकरको १९९४ देखि २००१ को टप फोरमा ब्याटिङ गरेको समयलाई हेर्दा रन चेज गर्दाको एभरेज ५०.२८ थियो । जहाँ उनको स्ट्राइक रेट ९४.६५ थियो ।

रन चेज गर्दा कोहलीले ९४.५१ को स्ट्राइक रेटमा ६८.५४ को एभरेजमा रन बनाएका छन् । १ सय १६ इनिङमा रन चेज गर्दा कोहली २८ पटक त अविजित नै रहेका छन् ।

समग्रमा हेर्दा, आफ्नो समयमा तेन्दुलकरले विश्व क्रिकेटमा जसरी राज गरेका थिए अहिले कोहली पनि त्यही बाटोमा नै छन् । दुई फरक अवस्थाका खेलाडीको तथ्यांकगत तुलना जे जस्तो भए पनि उनीहरुको खुबी र योगदान स्तरीय छ ।

क्रिक इन्फो र क्रिकेट डटकमको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment