+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

साउदी जेलबाट छुटेका कुमार राना नेपाल आइपुगे

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ८ गते २३:०३

८ कात्तिक, काठमाडौं । साउदी अरबको जेलबाट रिहा भएका गोरखाका कुमार रानामगर बिहीबार राति काठमाडौं आइपुगेका छन् । उनी फ्लाइ दुबईबाट बिहीबार राति साढे १० बजे काठमाडौंको त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् ।

उनलाई काठमाडौंमा पत्नी अम्बिका रानामगर, छोरी, आफन्त र कुमार राना उद्द्धार अभियानका संयोजक कृष्णप्रसाद ढकालले स्वागत गरेका थिए । कुमार १५ दिनअघि नै रिहा भए पनि नेपाल फर्किने प्रक्रिया मिलाउन समय लागेका कारण बिहीबार मात्र फर्केका हुन् ।

साउदी अरबमा कुमारले चलाउने गाडीको ठक्करबाट घाइते भएका साउदी नागरिकले मागेको क्षतिपूर्ति रकम २ लाख ९४ हजार साउदी रियाल (करिब ८३ लाख नेपाली रुपैयाँ) तिर्न नसक्दा कुमार गत वर्ष असोजमा जेल परेका थिए ।

नेपाल र विदेशमा रकम संकलन अभियान सञ्चालन गरी क्षतिपूर्ति रकम तिरेपछि कुमार रिहा भएका हुन् । क्षतिपूर्तिवापतको रकममध्ये साउदी रियाल ४४ हजार घाइते साउदी नागरिकले छुट गरिदिएका थिए भने ५० हजार कुमार कार्यरत कम्पनीले व्यहोरेको थियो ।

बाँकी २ लाख साउदी रियाल अर्थात करिब ६२ लाख रुपैयाँ नेपाल र विदेशमा रहेका नेपाली समुदायले संकलन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?