+

युरोपा लिगमा आर्सनलको लगातार तेस्रो जित

२०७५ कात्तिक  ९ गते ७:३४ २०७५ कात्तिक ९ गते ७:३४
युरोपा लिगमा आर्सनलको लगातार तेस्रो जित

९ कात्तिक, काठमाडौं । इंग्लिस क्लब आर्सनलले युरोपा लिग फुटबलमा लगातार तेस्रो जित हात पारेको छ ।

युरोपा लिगको समूह ए मा रहेको आर्सनलले बिहीबार राति पोर्चुगलको स्पोर्टिङ लिस्बोनलाई १–० गोलले पराजित गरेको हो । आर्सनलको कठिन जितमा वेलवेकले गोल गरेका थिए ।

गोल गर्ने अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो हाफमा दुबै टिमले गोल रहित बराबरी खेलेका थिए । खेलको ७७औं मिनेटमा आर्सनलका लागि वेलवेकले गोल गरे । उनको गोलसँगै आर्सनलले स्पोर्टिङमाथि जित दर्ता गर्न सफल भयो ।

जितसँगै आर्सनलको ३ खेलबाट ९ अंक भएको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको स्पोर्टिङ ६ अंक रहेको छ ।

 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय