Comments Add Comment

भक्तपुरको सरस्वतीस्थानमा ग्लोबल आइएमई बैंकको शाखारहित सेवा

९ कात्तिक, काठमाडौं । ग्लोबल आइएमई बैंकलेे भक्तपुरको सरस्वतीस्थानमा शुक्रबारदेखि नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

थप गरिएको शाखारहित बैंकिङ्ग सेवासँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०४ पुगेको छ । बैंकले भक्तपुरको चाँगुनारायण नगरपालिका-८, सरस्वतीस्थानमा आफ्नाे १०४औँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।

भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले जनप्रतिनिधि, बुद्धिजिबी तथा स्थानीयवासीहरुको उपस्थितिमा उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे ।

सरस्वतीस्थानमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानीय गौरव तिमल्सिनालाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।  यो शाखारहित बैंकिङ्ग सेवा ग्लोबल आइएमई बैंकको सूर्यविनायक शाखा अन्तर्गत रहने छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् ।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नाे खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहाेम, सिडिएमए र युटिएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा-टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment