Comments Add Comment

फुटबलमा इन्जुरी समयमा खेलाडी परिवर्तन गर्न नपाइने !

९ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलमा अतिरिक्त समयमा खेलाडी परिवर्तन गर्न नपाइने नियम ल्याउनेबारे छलफल भएको छ ।

फुटबलसम्बन्धी यस्तो नियमका बारेमा अन्तर्राष्ट्रिय फुटबल एशोसिएशन बोर्ड  (आईफ्याब) मा छलफल भएको हो । जसमा अतिरिक्त समयमा हुने खेलाडी परिवर्तन समय बिताउन मात्रै गरिने भएकाले त्यसो गर्न नपाइने नियम ल्याउने तयारी भएको छ ।

सल्लाहकार समितिले यस्तो नियमबारेको प्रस्ताव आउँदो महिना हुने आईफ्याबको वार्षिक बैठकमा लैजानेबारे सहमति गरिसकेका छन् ।

यो सिजन इंग्लिस प्रिमियर लिगलाई हेर्दा मैदानमा एभरेजमा बल खेलिने समय ५५ मिनेट ९ सेकेण्ड मात्रै रहेको छ । जहाँ ५ प्रतिशत खेलाडी परिवर्तन ९० मिनेटभन्दा पछि भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment