Comments Add Comment

भारतीय मोवाइल कँग्रेसमा भाग लिएर सञ्चारमन्त्री स्वदेश फिर्ता

८ कात्तिक, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा भारतमा आयोजित ‘भारतीय मोवाइल कँग्रेस’ मा भाग लिई स्वदेश फर्किएका छन् ।

भारतको राजधानी नयाँ दिल्लीमा आयोजित सो कँग्रेसमा भाग लिई मन्त्री बास्कोटा शुक्रबार अपरान्ह स्वदेश फर्किएका हुन् ।

विमस्टेक र आशियान राष्ट्रका सञ्चारमन्त्री स्तरीय सो कँग्रेसमा दक्षिण पूर्वी एशीयाली राष्ट्रहरुको सूचना प्रविधिको विकासमा मिलेर काम गर्न साझा अवधारणा तय गर्ने विषयमा छलफल गरिएको उनले जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री बास्कोटाले विपद्का बेला सूचना प्रविधिको प्रयोगलाई प्रभावकारी बनाउने विषयमा पनि मन्त्रीस्तरीय बैठकमा छलफल गरिएको पनि बताए ।

डिजिटल कनेक्टिभिटीमा मिलेर काम गर्ने विमस्टेक चौंथो शिखर सम्मेलनको निर्णयलाई कार्यान्वयनमा लैजाने विषयमा विस्तृत छलफल गर्न भारतमा संचारमन्त्री स्तरीय बैठक बोलाइएको हो । बैठकमा मन्त्री बास्कोटाले भारतीय संचार राज्यमन्त्री मनोज सिन्हासँग द्विपक्षीय हितका विषयमा पनि छलफल गरेका थिए ।

काठमाडौंमा आयोजित चौथो विमस्टेक घोषणापत्रमा उल्लेख भए अनुसार यस क्षेत्रको विकास र समृद्धिमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग कसरी प्रभावकरी रुपमा गर्न सकिन्छ भनेर अध्ययन गर्न एक कार्यदल गठन गर्नुपर्ने, विमस्टेक देशहरुबीच टेलिफोनको रोमिङ र टेलिफोन ट्यारिफ घटाउन सहकार्य गर्नुपर्ने भनाइ बैठकमा सञ्चारमन्त्री वास्कोटाले राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment