+
+
Shares

नेपाल आइपुग्यो विश्वकप क्रिकेटको ट्रफी

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १० गते ०:२८

९ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको छ । ट्रफीलाई शुक्रबार साँझ स्वयम्भूमा प्रदर्शन गरिएको छ ।

२०१९ मा इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी ‘वल्र्ड टुर’ अन्तर्गत शुक्रबार काठमाडौं ल्याइएको हो ।

ट्रफी नेपालमा शुक्रबारदेखि सोमबारसम्म राखिनेछ । आईसीसीकी नेपाल प्रतिनिधि भावना घिमिरेका अनुसार ट्रफीलाई शनिबार विहान पोखरा लगिने छ । पोखरामा पोखरा पि्रमियर लिग (पीपीएल) चलिरहेको छ र भोलि त्यही ट्रफी प्रदर्शन गरिनेछ ।

ट्रफीलाई फेरि काठमाडौं ल्याइनेछ र आइतबार विहान चन्द्रागिरी र सोमबार बसन्तपुरमा प्रदर्शन गरिनेछ । देशको पहिचान र ऐतिहासिक स्थान भएको कारण ट्रफीलाई स्वयम्भु, चन्द्रागिरी र बसन्तपुरमा प्रदर्शनमा गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?