+
+

उपाधि होडमा पाँच क्लब छन्ः ग्वार्डिओला

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ९ गते २०:३१

काठमाडौं । म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले प्रिमियर लिगको उपाधि होडमा पाँच क्लब रहेको बताएका छन् ।

लिगका सबै टिमले ९ खेल खेल्दा डिफेण्डिङ च्याम्पियन सिटी शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको लिभरपुलको समान अंक छ भने चेल्सी, आर्सनल र टोटनहृयामको मात्र २ अंक कम छ ।

पाँच क्लब उपाधि होडमा हुन् भन्ने प्रश्नमा ग्वार्डिओलाले भने, ‘यसमा मलाई कुनै शंका छैन ।’

उनले अघि भने, ‘शीर्ष ५ क्लबको बीचमा जम्मा २ अंकको फरक छ । यो बलियो -अग्रता) होइन ।’

सिटीले सोमबार पाँचौं स्थानमा रहेको टोटनहृयामसँग खेल्दैछ । उनले भने, ‘गत सिजन हामीले दुबै खेलमा राम्रो गर्‍यौं । तर, टोटनहृयाम टप टिम हो ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?