Comments Add Comment

पुरुषमा प्रायः तीन दिनमा यौनचाहना बढ्छ

म ४९ वर्षीया जागिरे महिला हुँ । विवाहका समयदेखि नै मेरो श्रीमानले मलाई तिम्रा कारण मैले निरस यौन जीवन बिताउनुपर्‍यो भनेर आरोप लगाइरहनुहुन्छ । यो आरोप लगाउन थाल्नुभएको पनि ३० वर्ष बितेछ । तैपनि हामी जसोतसो जीवन बिताइरहेका छौं ।

तर, आजभोलि उहाँमा चिडचिडे स्वभाव बढेर गएको छ । उमेर ढल्कँदै गए पनि उहाँमा यौनका विषयमा लिएर हुने झगडा कम भएको छैन । उहाँ आजको दिनमा पनि दैनिक एक वा दुईपटक यौन सम्पर्क राख्न दबाव दिनुहुन्छ । मैले प्रेमपूर्वक व्यवहार गर्दा हप्ताको एकपटक यौन सम्पर्क गर्न म तयार भएको बताएको पनि वर्षौं भयो । तर, उहाँले त्यसरी यौन इच्छालाई मार्न नसक्ने भन्ने कुरा गर्नुहुन्छ ।

हामीवीचको यो समस्यालाई कसरी सुल्झाउन सकिन्छ ? यो उमेरमा पनि दैनिक दुईपटक यौन सम्पर्क राख्ने इच्छा रोगकोे लक्षण हो कि होइन ? यो समस्याबाट पार पाउन पारपाचुके गर्नु नै उपयुक्त लाग्न थालेको छ । छोराछोरी र सामाजिक दबावका कारण यो कदम उठाउने हिम्मत गरेकी छैन । तर, सधैं बन्धन र दबावमा परेको महसुस हुन्छ, म के गरौं ?

७२ घण्टामा वीर्य उत्पादन हुन्छ

तपाईंको प्रश्नमा कतिपय कुरा छुटेका छन् । यसमा श्रीमानको उमेर र उहाँ कुन परिवेशको व्यक्ति हुनुहुन्छ भन्ने कुरा पनि थाहा भएको भए मलाई उत्तर दिन सजिलो हुने थियो । यद्यपि तपाईंको प्रश्नमा धेरै कुरा आइसकेका कारण त्यही प्रश्नलाई लेखेर तपाईंको समस्या समाधान गर्ने प्रयास गर्नेछु ।

जब यौन चाहनामा भिन्नता भएको थाहा पाइन्छ, एक अर्कालाई दोष लगाउनु भन्दा पनि किन भिन्नता आइरहेको छ, त्यसको समाधान दुईजना मिलेर खोज्ने र दवैले उपयुक्त समाधान खोज्नु उचित हुन्छ

यो प्रश्न पढ्दा तपाईको र श्रीमानको यौन चाहनामा भिन्नता भएको बुझिन्छ । दाम्पत्य जीवनमा श्रीमान्-श्रीमतीको यौन इच्छाका बीचमा तादात्म्य नमिल्दा यस्ता समस्या आउँछन् । विकसित मुलुकमा प्रेमपछि लिभिङ् टुगेदर, त्यसपछि मात्र विवाह गर्ने प्रचलन सुरु भएको धेरै भइसक्यो । यसको कारण नै केटा र केटीबीच यौन जीवन मिलेको छ कि छैन भनेर महसुस गर्नु नै हो । नेपालमा त्यो सम्भव नहुँदा धेरै जोडीले यौनमा खिन्नता अनुभव गरेका छन् ।

निश्चय नै महिला र पुरुषको मानसिक र शारीरिक अवस्था फरक हुन्छ । फरक सामाजिक परिवेश र परिवारबाट आएका व्यक्तिले यस किसिमको समस्या झेल्नु पर्ने हुन्छ । बेलायतमा गरिएको एउटा राष्ट्रिय र्सवेक्षण अनुसार २७ दशमलब ४ प्रतिशत महिलामा र २३ दशमलब ४ प्रतिशत पुरुषका यौन चाहनामा भिन्नता हुने देखाएको थियो । अर्थात सय जोडीमध्ये २७ महिलाले आफ्नो श्रीमानको यौन चाहाना आफूसँग नमिलेको बताएका थिए । त्यसैगरी सयमध्ये २३ पुरुषहरुले आफ्नो यौनसाथीप्रति असन्तुष्टि जनाएका थिए ।

कहिलेकाहीँ महिलामा यौन चाहना पुरुषमा भन्दा बढी हुने पनि पाइएको छ । तर, जब यौन चाहनामा भिन्नता भएको थाहा पाइन्छ, एक अर्कालाई दोष लगाउनु भन्दा पनि किन भिन्नता आइरहेको छ, त्यसको समाधान दुईजना मिलेर खोज्ने र दवैले उपयुक्त समाधान खोज्नु उचित हुन्छ ।

यस्तो हुनुको पछाडि तनाव वा उमेर अनुसार हार्मोनको कमी, नयाँ औषधीको सेवन आदि हुनसक्छ । उच्चस्तरको यौन सन्तुष्टि प्राप्त गर्नेमा दुईजना वीचको गुणस्तरीय सम्बाद र यौनलाई आकर्षक तरिकाले पेस गर्ने सीप नै महत्वपूर्ण हुन्छ । जोडीमा अन्य केही समस्या छैन भने पनि कहिलेकाही यौनका बारे वा भनौं दुवैको शरीरलाई राम्ररी बुझ्न नसकिएको अवस्थामा ठूलो समस्या नै हुने गरेको धेरै उदाहरणहरु छन् ।

अनुसन्धान अनुसार पुरुषहरुको विर्यको उत्पादन, प्राकृतिक टेस्टोस्टेरोन हार्मोनका कारणले उनीहरुले यौन सम्पर्कद्वारा हरेक ७२ घण्टामा वा हरेक तीन दिनमा वीर्य स्खलन गर्न चाहन्छन् । यसले के स्पष्ट गर्न भने पुरुषहरुमा हरेक तीन दिनमा स्वभाविक यौन चाहाना प्रकट हुन्छ ।

करुणा कुँवर

महिलाहरुको हकमा भने केही फरक तथ्य देखिएको छ । महिलामा पनि यौन इच्छाको तीब्र हुन्छ तर यो दिन वा सातामा भन्दा पनि विशेष अवस्थामा हुन्छ । अनुसन्धानमा धेरै महिलाले महिनावारी शुरु हुन लागेको समयमा यौन चाहाना तीव्र हुने बताएका छन् ।

केहीले महिनावारी भएको केही समयपछि आफू यौन सम्बन्धमा लालायित भएको बताएका छन् । महिलालाई यौन चाहाना प्रकट भएका बेला पुरुष आकर्षक नभएमा वा पुरुषको यौन चाहनामा महिला आकर्षित नभएमा यस्ता समस्या आउँछन् । यसले नै असमझदारी, शंका र झगडाको अवस्था सिर्जना गर्छ ।

तपाईले पनि यस्तो अनुभूति गर्नु भएको हुन सक्छ । तर, तपाईंका श्रीमानको तीव्र यौनेच्छाका कारण त्यो भावनाको अनुभव गर्न नपाउनु भएको हुन सक्छ । तर, याद गर्नुहोस्, श्रीमान केही दिनका लागि घर बाहिर भएका बेला तपाईंमा यी इच्छाहरु पक्कै आएका हुन्छन् ।

हरेक व्यक्तिको यौन इच्छा फरक हुन्छ, दुई व्यक्ति जब दाम्पत्य जीवनमा प्रवेश गर्छन् एक अर्काको यौन इच्छाको फरकपनलाई कसरी एकै खालको बनाउने त्यो चाही महत्वपूर्ण कुरा हो ।

तपाईको प्रश्न पढ्दा यौन प्रवृत्तिमा कुनै फरकपन आएको हो र थप अप्ठ्यारो बनाउन नदिन बरु तपाईहरुको यौन इच्छा या दैनिक जीवनका बारेमा कुरा गर्न जरुरी छ । तपाईहरु वीच कुनै चिन्ता, मतभेद वा झगडा छ कि त्यो पनि प्रष्ट हुन जरुरी हुन्छ ।

प्रश्न पढ्दा एकअर्काप्रतिको सम्मान गर्ने स्वाभावमा कमी भएको पनि बुझिन्छ । एकअर्का प्रतिको आकर्षणमा कमी भएको पनि हुन सक्छ । अथवा भनौं मानसिक तनावका धेरै स्रोतहरु हुन सक्छन् । तिनीहरुको बारेमा पत्ता लगाउने र त्यसलाई न्यूनीकरण गर्नेतिर जोड दिनुपर्ने हुन्छ ।
एकअर्कालाई दोष लगाउने गर्दा दैनिक जिवनमा विभिन्न समस्याको सिर्जना हुन सक्दछ र तपाईको सम्बन्ध झन् जटिल बन्दै जान्छ ।

दुईजनावीच यौन चाहनालाई लिएर भावना साटासाट वा भावना संचार गर्नुपर्ने हुन्छ । तपाईको समस्याको वास्तविकतामा पुग्नु अगाडि यस्ता धेरै विषयहरुलाई केलाउनुपर्ने हुन्छ । तपाईको श्रीमान्मा अन्य केही समस्या हो कि भन्ने हो भने विशेषज्ञको मा जचाउन उपयुक्त हुन्छ । दिनमा एकपटक भन्दा बेसी यौन चाहना भनेको अत्याधिक तनाब जुन बाल्य अवस्थादेखि नै भएको पनि हुन सक्छ । त्यसकारण एक-पटक विशेषज्ञकोमा नै सल्लाह लिनु उपयुक्त हो भन्ने लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment