+
+

कोर्ट म्यारिजपछि दिवाकर र दीपिकाले गरे इन्गेजमेन्ट

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १० गते १०:५०

चलचित्र ‘ऐश्वर्य’की नायिका दीपिका प्रसाई र यही चलचित्रका निर्देशक दिवाकर भट्टराईविच इन्गेजमेन्ट भएको छ । उनीहरुले दशैंको टिकाको केही दिनपछि इन्गेजमेन्ट गरेका हुन् । सामाजिक संजाल फेसबुकमा दुइले एकसाथ तस्बिर राख्दै सधैका लागि एक भएको उल्लेख गरेका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै दीपिकाले भनिन्-‘हो, हामीले इन्गेजमेन्ट गरेका छौ । उहाँको परिवार र मेरो परिवारको उपस्थितीमा हामीले इन्गेजमेन्ट गरेका हौ । हामीले चलचित्र ‘ऐश्वर्य’ निर्माण लगतै कोर्ट म्यारिज पनि गरेका थियौ ।’
उनीहरु मंसिर महिना लगतै बिहे गर्ने तयारीमा पनि छन् । दिवाकर र दीपिका आज नै थाइल्याण्ड कामको लागि जाने तयारीमा छन् ।

दीपिकाले चलचित्र ‘छक्का पन्जा ३’मा काम गरेकी छिन् भने दिवाकरले निर्देशन गरेको ‘क्याप्टेन’ चलचित्र रिलिजको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?