+
+
Shares

कविताः मैले तिमीलाई प्रेम गरेको प्रमाणित गर्नु छ !

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १० गते १०:१६

प्रियतमा तिम्रा आवश्यकताहरु अरु सम्झ
मैले तिमीलाई प्रेम गरेको प्रमाणित गर्नु !

बजारको सबैभन्दा महंगो साडी छान्
पुरानो स्टाईलका स्यान्डिल होईन
दामी स्यान्डिल किन

पुरान सबै गरगहना थन्क्याऊ
हिँड गहनागृह
नयाँ-नयाँ गरगहना किन

कति खानु घरको खाना
यो शहरको सबैभन्दा राम्रो रेष्टुराको
खाना ख्वाउँछु आज

अँ बजारमा आएको राम्रो कार पनि रोज
पुराना व्याग
मनी पर्स
लिपिष्टिक
अनि नेल पोलिस सबै-सबै फ्याँकिदेऊ

अहिले नै फ्याकिदेऊ
पुराना सबै कपडाहरु
तिमी आफैंलाई थाहा छ
विश्व बजारका महंगा कपडा पाइने दोकान
हिँड म तिम्रो पछिपछि आउँछु
तिमीलाई मन लागेको रोज

प्रियतमा
तिमीलाई मैले प्रेम गरेको प्रमाणित गर्नु छ
यो हप्ता
देशकै सबैभन्दा सून्दर ठाउँ घुमाउनु छ

सधैं जाने गरेको व्यूटी पार्लरप्रति तिम्रो गुनासो रहेको छ
अँ,आफ्नै कपालदेखि तिमीलाई कस्तो, एलर्जी छ !
कुनै चल्तीकी हिरोइनको कपालको स्टाइल रोज
खोज तिमीलाई सुन्दरी बनाउन सक्ने
महंगो न महंगो पार्लर

भनन प्रिया
अब तिम्रा चाहना के छन् ?

मलाई थाहा छ
अब, तिमी साथिसंगीसँग मेरो बखानमा व्यस्त हुन्छ्यौ
तिमी मस्त हुन्छ्यौ

तिम्रा चाहना पूरा भएसँगै
मेरा मन भरिका इच्छाहरु
जुलुस बनेर मलाई लखेट्न थालेका छन्

म प्रेमको त्यो रुप खोज्न हिँडे अब
जसको स्पर्शले
बग्दै गरेका आँखाहरु
अनुहारमै अडिन सकुन्
अनि देख्न सकुन् मायाको शालीन रुप

ओठमा बेवारिसे बनेको हाँसोलाई
प्रेमको चुम्बनले सम्हाल्न सकोस्
अनि आविष्कार गर्न सकोस् मायाको विशाल संसार

प्रियतमा तिम्रा आवश्यकताहरु अरु सम्झ
मैले तिमीलाई प्रेम गरेको प्रमाणित गर्नु छ
अनि हिँड्नु छ, प्रेमको विराट रुप खोज्न ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?