Comments Add Comment

गणेशमान सिंहको संघर्षको कथा अब पुस्तकमा

१० कात्तिक, काठमाडौं । ‘गणेशमान सिंह र नेपालको प्रजातान्त्रिक आन्दोलन’ नामक पुस्तक शनिबार विमोचन गरिएको छ । काठमाडौंको क्षेत्रपाटी पार्टी प्यालेसमा आयोजित विशेष समारोहमा गणेशमानका छोरा समेत रहेका कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले पुस्तक विमोचन गरेका हुन् ।

वि. सं. १९७२ देखि २००७ सालसम्म प्रजातन्त्र स्थापनाका लागि लौहपुरुष गणेशमान सिंहले खेलेको भूमिकाबारे पुस्तकमा पढ्न पाइन्छ । पाँच अध्यायमा विभाजित पुस्तकमा शुरुमा सिंहका प्रारम्भिक दिनहरु, त्यसपछि राजनीतिक सक्रियताका क्षणहरु, क्रान्तिमार्गतर्फको गतिशीलता र बन्दीगृहका चार महिनाका सन्दर्भ उल्लेख छ ।

पुस्तकका लेखक डा. बद्रीनारायण गौतमले सिंहको सिंगो राजनीतिक यात्रालाई ५ अंकमा तयार गर्न लागेको र यो पहिलो पुस्तक भएको बताए । गौतम त्रिभुवन विश्वविद्यालय नेपाल र एसियाली अनुसन्धान केन्द्रका सहप्राध्यापक समेत हुन् ।

पुस्तक विमोचन गर्दै कांग्रेस नेता सिंहले गणेशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा गरेको योगदानबारे पछिल्लो पुस्तालाई जानकारी गराउनका लागि यस्ता पुस्तकहरु प्रकाशन हुनुपर्ने बताए । उनले गणेशमान सिंहले नेपालमा पुर्‍याएको योगदानको तुलनामा पुस्तकहरु कम भएको भन्दै फाउण्डेसनले अनुसन्धात्मक कृति लेख्न चाहनेहरुलाई सकेसम्म सहयोग गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment