+
+
Shares

मण्डनदेउपुरमा सवारी दुर्घटना: दुई जनाको मृत्यु, डीआईजी घाइते

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १० गते २०:५९

१० कात्तिक, काभ्रे । मण्डनदेउपुरमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने डीआईजीसहित चार जना घाइते भएका छन् ।

बा ३ च २८७ नम्बरको जीप मण्डनदेउपुर नगरपालिका ६ ढकालथोकमा दुर्घटना भएको हो । दुर्घटनामा परी रेडियो गौरवका जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश ३ संयोजक विनोद कार्कीको मृत्यु भएको छ ।

दुर्घटनामा डीआईजी सुशील भण्डारी गम्भीर घाइते भएका छन् । भणडारीसँगै घाइतेहरू विनोद गौतम, धनराज पुरी र प्रदिप बोगटीको धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?