+

वेष्टइण्डिजद्वारा भारत ४३ रनले पराजित

२०७५ कात्तिक  ११ गते ९:२३ २०७५ कात्तिक ११ गते ९:२३
वेष्टइण्डिजद्वारा भारत ४३ रनले पराजित

११ कात्तिक, काठमाडौं । तेस्रो एकदिवसीय क्रिकेटमा वेष्टइण्डिजले भारतलाई ४३ रनले हराएको छ । भारतीय क्रिकेट कप्तान विराट कोहलीले शतक प्रहार गरे पनि वेष्टइन्डिजसँग पराजित हुन पुग्यो ।

वेष्टइन्डिजको यो जितसँगै पाँच एकदिवसीय क्रिकेट सिरिज १–१ को बराबरी भएको छ । पहिलो खेलमा भारत विजयी भएको थियो भने दोस्रो खेल बराबरीमा सकिएको थियो । सोमबार अर्को चौथो खेल हुँदैछ ।

शनिबार टस हारेर पहिले ब्याटिङ गरेको वेष्टइण्डिजले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८३ रनको योगफल तयार पारेको थियो । २८४ रनको विजय लक्ष्य पाएको घरेलु टोली भारत ४७ दशमलव ४ ओभरमा २४० रनमै समेटियो ।

भारतका लागि कप्तान विराट कोहलीले १०७ रन बनाए । कोहलीको यस शृंखलामा लगातार तीन खेलमा लगातार तेस्रो शतक हो । लगातार तीन म्याचमा शतक प्रहार गर्ने उनी भारतको पहिलो र विश्वको दशौं क्रिकेटर बने । श्रीलंकाका कुमारा संगाकाराले सन् २०१५ मा लगातार चार शतक प्रहार गरेका थिए । यस्तो खेल प्रदर्शन गर्ने उनी एक्ला ब्याट्सम्यान हुन् ।

बलिङतर्फ वेष्टइण्डिजका मार्लुन स्यामुयल्सले सबैभन्दा धेरै ३ विकेट लिए । जेसन होल्डर, ओबेड मेकोय र एस्ले नर्सले समान २–२ विकेट लिए ।

वेष्टइन्डिजका शाइ होपले सबैभन्दा धेरै ९५ रन योगदान गरे । यस्ले नर्सले ४०, सिमरोन हेट्मायरले ३७ र कप्तान जेसन होल्डरले ३२ रन थपे । बलिङतर्फ भारतका जसप्रित बुम्राहले चार विकेट लिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय