Comments Add Comment

पायल्सको पीर, यसरी गर्न सकिन्छ उपचार

चाडपर्वमा मिठोमसिनो, चिप्लो-चाप्लो, अमिलो-पिरो खाइयो । अब तिहार आउँदैछ, मिठाई खानैपर्‍यो । तिहार भन्नसाथ सेलरोटी छुटाउने कुरा भएन । तर, चाडपर्वमा मिठो-मसिनो खान पनि डराउनुपर्ने ! नभए त पायल्सले सताइहाल्छ ।

हो त, अहिले धेरैको साझा पिडा बनेको छ, पायल्स । यो अस्वस्थ्यकर खाना र निस्क्रिय जीवनशैलीका कारण पायल्सको पीडा झेल्नुपरेको छ । जंकफूड, मिठाई, मदिरा, मसलेदार खाना आदि पायल्सको कारण बनेको छ ।

पायल्स यस्तो समस्या हो, जसले हाम्रो दिनचर्या नै प्रभावित बनाउँछ ।

पाइल्स भएमा मल त्याग गर्दा असहय पिडा हुने, मलद्वारबाट रगत बग्ने, मलद्वारा वरिपरि गाठो वा मासुको डल्लो महसुस हुने, चिलाउनु, रातो हुने तथा पोल्ने लगायतका लक्षण देखिने गर्दछ ।

पायल्सको पीडा

ठूलो आन्द्राको अन्तिम भागमा मलद्वार हुन्छ । लगभग चार सेमी इञ्ज लामो मलद्वार सुन्निएमा पाइल्स हुने गर्छ । पायल्स भएमा मलद्वारको आन्तरिक (भित्री) भाग तथा बाह्य भागमा मासुको डल्लो जस्तो गाँठो पर्ने गर्छ ।  जहाँबाट बेलाबेलामा रगत निस्कने गर्दछ । दिसा बस्दा थप दवाव सिर्जना भएमा त्यहाँबाट मासुको डल्लो समेत निस्कने गर्छ । यस्तो अवस्थामा असहय पिडा हुन्छ ।

पायल्स दुई प्रकारको हुन्छ, आन्तरिक र बाह्य ।

आन्तरिक पायल्स

आन्तरिक पायल्स मलद्वारको भित्री पट्टी दुई-तीन सेन्टिमिटर माथि हुन्छ । आन्तरिक पायल्स पिडारहित हुन्छ ।

बाह्य पायल्स

जबकी बाहिरी पाइल्स मलद्धाराको बाहिरी भागको दुई-तीन सेन्टीमिटर तल हुन्छ । मलद्धारको भाहिरी टिस्यूमा मासुको ससाना डल्लो हुने भएकोल भएकोले यो बढी पिडादायक हुन्छ ।

तथापी, आन्तरिक पायल्सलाई यसको जटिलता एवं आकारका अनुसार चार ग्रेडमा वर्गीकृत गरिएको छ ।

पहिलो चरण

यो पायल्सको सुरुवाती स्टेज भएकोले यसलाई सुरुवाती चरण भनिन्छ, जसमा कुनै प्रकारको लक्षण देखिदैन र पिडा पनि हुँदैन ।  परिणामस्वरुप, यो स्टेजमा विरामीलाई आफूलाई पायल्स भएको छ भन्ने सम्म पनि ज्ञान हुँदैन ।

बरु मलद्वार भित्रको टिस्यू हल्का सुन्निने भएकोले विरामीलाई छाला खस्रेको जस्ता महसुस हुनसक्दछ । र, दिसा बस्दा जोड लगाएको खण्डमा थोरै रगत निस्कने गर्दछ । तथापी, यो पायल्स शरीर भित्रै हुने गर्दछ ।

दोस्रो चरण

यस चरणमा मलद्वारा पहिले भन्दा बढी सुन्निनुका साथै मल त्याग गर्दा रगतको साथमा मासुको डल्ला बाहिरतिर निस्कन थाल्दछ । र, हातले भित्र पसाएको खण्डमा उक्त मासु फेरी भित्र पस्ने गर्छ । यसमा मासु बाहिर निस्कने हुँदा यो पहिलो चरणमा थोरै पिडादायी हुनसक्छ ।

तेस्रो चरण

यस चरणमा मासुको साथमा रगत पनि निस्कने भएकोले यसलाई गम्भीरता पूर्वक लिइने गरिन्छ । यस चरणमा मासु बाहिर नै रहने गर्दछ । र निकै प्रयास गरेपछि मात्र उक्त मासु भित्र छिर्ने भएकोले यो दुई चरण भन्दा बढी पीडादायक हुने गर्छ ।

चौथो चरण

जब तेश्रो चरण खराब हुन्छ, तब चौथो चरणमा पुग्दछ । यो चरणमा अवस्था जटिल बन्दछ । जसका कारण मल त्यागको समयमा असहय पीडा हुने गर्छ ।  र मल त्यागको समयमा रगतसँगै मासु पनि बाहिर निस्कने गर्छ । बाहिरै झुण्डिएर बस्छ । र, यस चरणमा संक्रमणको खतरा पनि बढी हुन्छ ।

किन हुन्छ, पायल्स ?

प्रायजसो कब्जियतका कारण पायल्स हुने गर्छ ।  कब्जियत भएमा मल त्याग गर्दा दवाव उत्पन्न हुन्छ । जसले गर्दा मलद्वार वरिपरिको नशा फुटेर तथा त्यहाँबाट रक्तश्राव भएर नशा सुन्निने गर्छ । र, पायल्स हुने गर्छ ।

त्यसबाहेक, गर्भावस्था, मोटापना , गलत खानपान, खानपानमा पोषक तत्वको कमी, कडा व्यायाम, लामो समय एकै ठाउमा बसेर काम गने बानी, शरीरमा तरल पदार्थको कमी, डायरिया, औषधीको अनावश्यक प्रयोग,  आणुवंसिक कारण लगायतले पनि पायल्स हुने गर्छ ।

अब के गर्ने त ?

पायल्स हुँदैमा आत्तिहाल्नु पर्दैन । शल्यक्रिया तथा घरेलु औषधीको प्रयोग तथा लेजर उपचारद्वारा पनि पायल्स निको पार्न सकिन्छ ।

त्यस्तै, अव्यवस्थित जीवनशैली गलत खानपानका कारण पनि पायल्स हुने भएकोले जीवनशैलीलाई  व्यवस्थित बनाएर तथा सन्तुलित आहारको सेवन गरेर पनि पाइल्सलाई निको पार्न सकिन्छ ।

विशेषगरी फाइबरयुक्त खानेकुराका साथमा हरियो सागसब्जी, ड्राई फ्रुट्स, आइरन युक्त खाद्य पदार्थ तथा पानीको  सेवन गरेर पनि पायल्सको समस्यालाई न्युन गर्न सकिन्छ । त्यस्तै, मैदा, जंकफुड, धुमपान, मदिरा, दूधजन्य पदार्थ, मासुको, तेल, मसलेदार खाद्य पदार्थबाट बचेर पनि पायल्सबाट बच्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment