+
+
Shares

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, ३ बजे मन्त्रिपरिषद बैठक

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ११ गते १३:३०

११ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।

रुघाखोकी  र ज्वरोका कारण दुई दिनदेखि नियमित भेटघाट र बैठकबाटसमेत टाढा रहेका ओलीको ज्वरो नियन्त्रणमा आई स्वास्थ्यमा सुधार भइरहेको उनको सचिवालयले जनाएको छ ।

प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले आइतबार प्रेस नोट जारी गरी प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएकाले आइतबार मन्त्रिपरिषद बैठकमा सहभागी हुने जानकारी दिए ।

आइतबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नै मन्त्रिपरिषद बैठक बोलाइएको छ । यसअघि प्रधानमन्त्रीको अस्वस्थताका कारण शुक्रबार मन्त्रिपरिषद बैठक स्थगित गरिएको छ ।

अस्वस्थ भएका कारण प्रधानमन्त्री ओली नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा पनि सहभागी भएका थिएनन् । ‘उहाँको स्वास्थ्यमा पूर्ण सुधार आएपछि सार्वजनिक कार्यक्रमहरुमा सहभागी हुनुहुनेछ’ प्रेस सल्लाहकार अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?