Comments Add Comment

प्रदेश २ को नामांकन र राजधानी तोक्न आयोग गठन

११ कात्तिक, काठमाडौं । प्रदेश २ को राजधानी र नामाङ्कनको विषयमा सुझाव संकलन गर्न प्रदेश सरकारले आयोग गठन गरेको छ ।

प्रदेशको राजधानी र नामाङ्कनका लागि ढिलाइ भइरहेका बेला प्रदेश सरकारले संवाद तथा सुझाव आयोग गठन गरेको हो ।

आइतबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले डा. हरिवंश झाको संयोजकत्वमा ३ सदस्यीय आयोग गठन गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।

मन्त्रिपरिषदको बैठकले प्रदेशको स्थायी राजधानी र नामाङ्कनको विषय टुङ्गो लगाउन आयोग गठन गर्ने निर्णय भएको आन्तरिक मामिला मन्त्री यादवले बताए । आयोगको टोलीमा रामप्रवेश बैठा र मोहनलाल चौधरी रहेका छन् ।

आयोगले प्रदेशको राजधानी र नामाङ्कनको बिषयमा कार्यक्षेत्र भित्र विभिन्न राजनितिक दल, नागरिक समाज, व्यक्ति, संघसंस्था तथा बढी भन्दा बढी व्यक्तिसंग सल्लाह र सुझाव संकलन गर्ने र आयोगले प्रदेशको स्थायी राजधानी र नामाङ्कनको विषयमा ४५ दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्ने उनले जानकारी दिए ।

आयोगले केही दिनभित्रै काम थाल्ने छ । हाल प्रदेशको अस्थायी मुकाम जनकपुरधाममा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment