+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

७० लाखको पटाकासहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ११ गते १९:४०

११ कात्तिक, काठमाडौं । तिहार र छठलाई लक्षित गरी ल्याइएको ठूलो परिमाणको पटाकासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

आइतबार काठमाडौंको महावौद्धबाट प्रहरीले ७ क्वीन्टल पटाका नियन्त्रणमा लिएको हो । प्रहरीले महावौद्धको सुशान्त ट्वाइकज एण्ड गिफ्ट आउसबाट २ क्वीन्टल र विवेक खेलौना हाउसबाट ५ क्वीन्टल पटाका बरामद गरेको जनाएको छ ।

प्रहरीले सुशासन्ट ट्वाइजका सञ्चालक अशोककुमार साह र विवेक खेलौना हाउसका सञ्चालक नन्दलाल साहलाई पनि पक्राउ गरेको छ ।

उनीहरुबाट गमला चक्र, रोल क्याप, झिरझिरे, क्लासिक डिलक्स, रकेट,माल्टा र डिलक्स आदि नामका पटका र विस्फोटक पदार्थ बरामद गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?