+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

राष्ट्रपति भण्डारी कतार प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १२ गते १३:१०

१२ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी कतार भ्रमणका लागि प्रस्थान गरेकी छन् ।  राष्ट्रपति भण्डारीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुनले विदाइ गरे भने नेपाली सेनाले सलामी दिएको छ ।

कतारका अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी कतार प्रस्थान गरेकी हुन् । उनको भ्रमणलाई आइतबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले १५ गतेसम्म कतारको भ्रमण गर्ने तालिका रहेको छ । राष्ट्रपतिको भ्रमणले नेपाल र कतारबीच द्विपक्षीय सहयोग सम्बन्ध सुदृढ हुने विश्वास गरिएको छ ।

त्यस्तै कृषि तथा पशुपंक्षी विकास सम्बन्धी, स्वास्थ्य सम्बन्धी, सुरक्षा सहयोगसम्बन्धी, प्रेस तथा सूचनासम्बन्धी र कुटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिने समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?