१२ कात्तिक, पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) मा चितवन राइनोजले पोखरा पल्टनलाई १ सय ४१ रनको लक्ष्य दिएको छ ।
सोमबार पोखरा रंगशालामा भएको खेलमा चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४० रन जोडेको हो ।
चितवनका लागि सुन्नी पटेलले अविजित ४६ रन बनाए । उनले २७ बलमा ३ छक्का र ३ चौका प्रहार गरे । त्यस्तै, कप्तान पारस खड्काले ४४ रन बनाए । उनले ३२ बलमा ३ छक्का र ३ चौका प्रहार गरे ।
त्यस्तै, सोनु तामाङले २१, अनिल कुमार शाहले १६ रन बनाए । १८ रन हुदा पहिलो विकेटको रुपमा हरिशंकर शाह ३ रनमा आउट भएका थिए । त्यस्तै, २५ रन हुदा दोस्रो विकेटको रुपमा अनिलकुमार आउट भएका थिए ।
बलिङतर्फ पोखराका बिक्रम भुसालले २, शरद भेषावकर, मोहम्मद आलम, मोहम्मद नविदले समान १ -१ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4