१३ कात्तिक, काठमाडौं । म्यान्चेष्टर सिटी टोटनहृयामलाई पराजित गर्दै इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा उक्लिएको छ ।
सोमबार राति भएको खेलमा सिटीले टोटनहृयाममाथि १-० गोलको कठिन जित निकालेको हो । टोटनहृयामकै घरेलु मैदानमा भएको खेलमा जित हात पार्दै सिटी इंग्लिस पि्रमियर लिगको शीर्ष स्थानमा पुन उक्लिएको हो ।
सिटीको जितमा रियाद महरेज नायक बने । उनकै एक मात्र गोलमा सिटीले टोटनहृयामलाई पराजित गर्न सफल भएको हो । महरेजले खेलको छैटौ मिनेटमा नै गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
सुरुवाती समयमा नै अग्रता बनाएको सिटीले बाँकी समयमा गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन । पहिलो हाफमा १-० गोलअन्तरले अघि रहेको सिटी दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्दै विजयी भएको हो ।
विजयी सिटीको १० खेलबाट २६ अंक भएको छ । त्यस्तै, टोटनहृयाम भने १० खेलबाट २१ अंक बनाएर लिगको पाचौ स्थानमा छ । लिगको दोस्रो स्थानमा रहेको लिभरपुलको पनि समान १० खेलबाट २६ अंक नै रहेको छ । लिगको तेस्रो स्थानमा २४ अंक सहित चेल्सी रहंदा चौथो स्थानमा भने आर्सनल २२ अंक बनाउँदै रहेको छ ।
प्रतिक्रिया 4