+
+
Shares

अन्दरबुङ कपको उपाधि वाफल युवा क्लबलाई

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १३ गते १५:२०

१३ कात्तिक, काठमाडौं । तेस्रो अन्दरबुङ कप फुटबलको उपाधि वाफल युवा क्लबले हात पारेको छ ।

लिसंखुपाखर गाउँपालिका-४ अत्तरपुरको खेल मैदानमा भएको प्रतिस्प्रर्धात्मक फाइनल खेलमा वाफल युवा क्लबले सिलढुङ्गा युवा क्लबलाई ३-० ले पराजित गरेर उपाधि जितेको हो ।

विजयादशमी तथा शुभ दिपावलीको अवसरमा अन्दबुङ प्रगतिशील युवा क्लब लिसंखुपाखर गाउँपालिका-४ ले आयोजना गरेको प्रतियोगितामा प्रथम,द्धितीय र सान्तवना हुने टिमलाई प्रदेश ३ का उद्योग,पर्यटन,वन तथा वातवरण मन्त्री अरुण नेपाल, राष्ट्रिय सभाका सदस्य सिंहबहादुर विक र गाउँपालिका अध्यक्ष कमल नेपालले कप, मेडल, नगद र प्रमाण-पत्र वितरण गरेका थिए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगर १ लाख रुपैयाँसहित कप र मेडल प्राप्त गरेका थिए भने प्रतियोगिताको उपविजेता सिलढुङ्गा युवा क्लब ‘बी’ले नगद ५० हजार र सेमिफाइनलमा गरेका दुई टिमले नगद ३०/३० हजार रुपैयाँ पाएका थिए । प्रथम हुने टिमको नगद सहयोग लिसंखुपाखर गाउँपालिकाले गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी सिलढुङ्गा युवा क्लबका सुरज ठकुरी र उत्कृष्ट गोलरक्षक वाफाल युवा क्लबका विष्णु केसी घोषित भए । प्रतियोगितामा लिसंखुपाखर गाउँपालिकासहित दोलखाबाट समेत २४ टिमको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?