Comments Add Comment

तौल नियन्त्रणका लागि जुस मात्र पिउँदा के हुन्छ ?

ताजा जुसको सेवन स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । जुसले पाचन यन्त्रलाई सहज बनाउने मात्र होइन, पोषण पनि दिन्छ । फल, सब्जी आदिको जुस बनाइन्छ । बजारमा उपलब्ध प्याकेटको जुस भने त्यती लाभदायक नहुने बताइन्छ । संभव भएसम्म ताजा फलफूलको जुस सेवन गर्नुपर्छ । यसले स्वास्थ्यमा राम्रो फाइदा त गर्छ, तर यसका लागि केही सावधानी भने अपनाउनुपर्छ ।

खासगरी तौल कम गर्नका लागि जुस निकै प्रभावकारी हुन्छ । साथै शरीरलाई सही सेपमा ढाल्नका लागि यसले सहयोग गर्छ । अन्य ठोस पदार्थ अर्थात खानेकुरा भने नियन्त्रण गर्नुपर्छ ।

त्यसो त शरीरको शुद्धिकरणका लागि पनि हामी दिनभर जुस सेवन गर्न सक्र्छौं । खानेकुराको बदलामा जुस सेवन गर्न सकिन्छ । यद्यपी यसका लागि निश्चित तालिका हुनुपर्छ । र, भिन्न भिन्नै फलफूल एवं सब्जीको जुस सेवन गर्नुपर्छ ।

यस किसिमको खानपान तालिका अनुसरण गर्नुअघि पोषणविद्सँग भने सल्लाह गर्नैपर्छ । अतः यसरी अन्य खानेकुरा छाडेर जुस मात्र सेवन गरिरहँदा शरीरमा के असर गर्छ त ?

–     वाटर वेट कम हुन्छ ।

–     मेटाबोलिज्म धिमा हुनसक्छ ।

–     उर्जा कम हुनसक्छ ।

–     पेटलाई आरम मिल्छ ।

–     भोक कम गर्छ ।

वाटर वेट कम हुन्छ

हाम्रो मांसपेशीमा ग्लाइकोजेनका साथ धेरै मात्रामा पानी स्टोर हुन्छ जसलाई वाटर वेट भनिन्छ ।

मेटाबोलिज्म धीमा हुनसक्छ

जब हामी खाद्य पदार्थ सेवन गर्दैनौ हाम्रो शरीरमा पर्याप्त उर्जा मिल्दैन । त्यही कारण मेटाबोलिज्म धिमा हुनसक्छ । जुन क्लिन्ज तौल नियन्त्रण गर्नमा सहयागी हुन्छ तर लामो समयसम्म त्यसको पालना गर्दा हानिकारक हुनसक्छ ।

उर्जा कम हुन्छ

जब हामी फल र सब्जीको जुस सेवन गर्छौं, तब हाम्रो आहारमा क्यालोरी कम हुन्छ । यसले गर्दा शरीरमा पर्याप्त उर्जा मिल्दैन । थकान महसुष हुन्छ ।

पेटलाई आरम मिल्छ

हामी दिनभर जे पनि खान्छौं, स्न्याक्स, सुगर, अस्वस्थ्य खाद्य पदार्थ आदि यी कुरा पचाउनका लागि निकै गाह्रो हुन्छ । तर जब जुस मात्र सेवन गर्छौं, यसलाई पचाउनका लागि खास मेहनत गर्नुपर्दैन । पेटलाई आरम मिल्छ ।

यो पनि

गर्भावस्थामा पिउनैपर्ने जुस

गर्भवती महिलालाई खानाको कमी भएमा गर्भमा रहेको शिशुले आवश्यक मात्रामा पोषकतत्व प्राप्त गर्दैन । यसबाट गर्भमा रहेको शिशु कमजोर हुने गर्छ ।

यस्तो हुन नदिन पनि गर्भवती महिलाले गर्मीे मौसममा पर्याप्त मात्रामा फलफूल तथा फलफूलको जुस सेवन गर्नु आवश्यक छ । फलफूलको जुसले शरीरलाई शीतलता प्रदान गर्ने मात्र नभई शरीरलाई आवश्यक पर्ने भिटामिन, मिनरल्स लगायतका आवश्यक तत्व समेत प्रदान गर्छ ।

सुन्तला वा मौसमको जुस

गर्भावस्थामा सुन्तला वा मौसमको जुस पिउनु पनि शरीरका लागि निकै उपयोगी मानिन्छ । सुन्तला तथा मौसममा पर्याप्त मात्रामा भिटामिन पाइन्छ । यसमा फोलिक एसिड पनि भरपूर मात्रामा पाइन्छ ।  यसको सेवनले शरीरमा रगतको कमी हुन पाउँदैन । साथै यसको सेवनले गर्भमा रहेको शिशुको मांसपेशी विकास गर्न मद्दत गर्छ । यसको सेवनले शिशुमा संक्रमण हुने खतरा पनि कम गर्छ ।

किवीको जुस

किवीमा प्रशस्त मात्रामा भिटामिन, मिनरल्स, फाइबर तथा कार्बोहाइड्रेट पाइन्छ । यसको सेवनले गर्भमा रहेको शिशुलाई आवश्यक पोषण तत्व प्राप्त हुन्छ । साथै, यसमा रहेको पोषण तत्वले पेट सम्बन्धी समस्या कम गर्ने भएकाले पनि गर्मीको मौसममा गर्भवती महिलाहरूले किवीकेा जुस सेवन गर्नु राम्रो हुन्छ ।

गाजरको जुस

गाजरमा पर्याप्त मात्रामा भिटामिन ‘ए’ पाइन्छ । यसको सेवनले थकान कम हुनुका साथै शरीरमा स्फूर्ति बढ्ने गर्छ । त्यसका साथै, जागरको जुसको सेवनले शरीरमा रगतको कमी हुन दिँदैन ।

  अंगुरको जुस

अंगुरमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट तत्व हुन्छ, जसको सेवनले गर्भमा रहेको शिशु स्वस्थ रहनुका साथै गर्भवती महिलालाई आवश्यक पोषणतत्व प्रदान हुन्छ । अंगुरलाई फल, जुस वा अन्य जुससित मिसाएर पनि सेवन गर्न सकिन्छ । यसको सेवनले शरीरमा आवश्यक पोषणका साथै भिटामिन प्राप्त हुन्छ ।

स्याउको जुस

गर्भावस्थामा स्याउको जुस निकै फाइदाजनक मानिन्छ । स्याउमा प्रशस्त मात्रामा आइरन हुन्छ, जसले शरीरमा रगत बढाउनुका साथै रगत सम्बन्धी रोग लाग्नबाट जोगाउँछ । साथै यसको सेवनले शरीरमा हेमोग्लोविनको कमी हुन दिँदैन ।

यो पनि

कसरी बनाउने जमराको जुस ?

जमरा भन्नसाथ हामी दशैं सम्झन्छौं । अक्सर दशैंमा विभिन्न अन्नको जमरा उमारेर शिरमा सिउरिने गरिन्छ । जमरा शिरमा सिउरिन किन योग्य छ भन्ने कुरा यसको औषधिय गुणबाट पनि थाहा पाउन सकिन्छ । यो एक आयुर्वेदिक औषधी हो, जो हाम्रो स्वास्थ्यका लागि अत्यान्तै लाभदायक छ ।

के पाइन्छ गहुँको जमरामा ?

जमरा राम्रो आहार पनि हो । खासगरी गहुँको जमरा उमारेर नियमित रुपमा त्यसको रस पिउँदा निकै लाभ मिल्छ । किनभने यसमा पोषक तत्व पाइन्छ, जसमध्ये क्लोरोफिल अधिक हुन्छ । त्यसका साथै प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियम र कार्बोहाइड्रेट्सको राम्रो स्रोत हो, गहुँको जमरा ।

के लाभ मिल्छ ?

गहुँको जमराको जुस सेवन गर्दा स्वास्थ्यमा फाइदा गर्छ । खासगरी मुख तथा दाँत सम्बन्धि समस्या हटाउन, रगतमा चिनीको मात्रा नियन्त्रित गर्न, पाचन यन्त्र बलियो बनाउन, कलेजोलाई स्वस्थ्य राख्न गहुँको जमरा उपयोगी हुन्छ । त्यसका साथै कतिपय छालाको समस्या र केसको समस्यामा पनि गहुँको जमरा लाभदायक हुन्छ ।

रेसेपीः

कसरी बनाउने गहुँको जमराको जुस ?

गहुँको जमरा त्यसै चपाएर पनि सेवन गर्न सकिन्छ । साथै यसबाट रस निकालेर पिउन पनि सकिन्छ । गहुँको जमराको जुस बनाएर पिउँदा स्वादिलो हुन्छ । कसरी बनाउने त जुस ?

१. आठदेखि दश वटा गहुँको जमरा जरामै काटेर राम्ररी धुने । अब यसलाई कुटेर रस निकाल्ने ।

२. अब एक सफा कपडामा त्यसलाई राख्ने र निचोर्नुपर्छ । यसको रस कुनै गिलासमा राख्नुपर्छ ।

३. यो जुसमा थोरै तुलसीको रस चुहाइदिन सकिन्छ । साथै मह र अदुवा पनि मिश्रण गर्न सकिन्छ ।

४. यो जुसमा थोरै पानी मिसाउनुहोस् । अब जुस पिउन सकिनेछ ।

कति पिउने ?

–     यदि तपाई कुनै रोगबाट ग्रसित हुनुहुन्छ भने प्रतिदिन तीसदेखि पचास एमएल जुस पिउनुहोस्, दिनमा दुई पटकसम्म ।

–     सुरुमा गहुँको जमराको रस थोरै पिउने र क्रमस मात्रा बढाउँदै लाने ।

–     एक हप्तामा कम्तिमा पाँच दिन यसको सेवन गर्नुपर्छ ।

कसरी उमार्ने गहुँको जमरा ?

–     अग्र्यानिक बिजको प्रयोग गर्नुपर्छ ।

–     सबैभन्दा पहिला गहुँको बिजलाई एक भाँडामा आठ देखि दश घण्टासम्म पानीमा भिजाएर राख्ने ।

–     अब कुनै गमलामा थोरै माटो राख्ने । उक्त गमलामा त्यती नै बिज राख्ने, जसलाई माटोले राम्ररी ढाक्न सकिन्छ ।

–     अब गमलामा पानी राखेर ओझेल भएको स्थानमा राख्नुपर्छ ।

–     एक हप्तासम्म एक-एक वटा गमलामा यसरी नै बिज रोप्नुहोस् ।

–     सात दिनपछि पहिलो पटक रोपेको गमलामा गहुँ अंकुराउन थाल्छ ।

–     खान योग्य जमरा काटेपछि उक्त खाली गमलामा पुन बिज रोप्नुहोस् ।

–     गमलामा हरेक दिन पानी हाल्नुपर्छ । यसलाई घामको सोझो सम्पर्कमा राख्नु हुँदैन ।

–     गहुँको जमरा उमार्नका लागि १८ देखि २० डिग्री तापमान उत्तम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment