+
+

मूल्यवृद्धि सामान्य स्थितिमा, तराईभन्दा पहाडमा महंगी

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १३ गते १६:४९


१३ कात्तिक, काठमाडौं । भदौ महिनासम्म मूल्य वृद्धिदर गतवर्षको भन्दा न्युन मात्रामा बढेको पाइएको छ । भदौमा वाषिर्क विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ३.४ प्रतिशत रहेको थियो ।

गैह्र-खाद्य तथा सेवा समूहको मूल्य वृद्धिका कारण समीक्षा अवधिमा समग्र मुद्रास्फीतिमा केही दवाव सिर्जना हुन गएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

खाद्य तथा पेय पदार्थ मूल्यवृद्धि दर भदौ महिनामा खाद्य तथा पेय पदार्थ समुहको मूल्य वृद्धिदर १.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति १.८ प्रतिशत थियो ।

खासगरी दलहन तथा गेडागुडी, तरकारी एवम् चिनीजन्य वस्तुको मूल्यमा आएको गिरावटका कारण समीक्षा अवधिमा समग्र खाद्य तथा पेय पदार्थको मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा कम भएको हो ।

गैर-खाद्य तथा सेवा मूल्यवृद्धि दर समीक्षा अवधिमा गैर-खाद्य तथा सेवा समुहको मुद्रास्फीति ५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति ४.७ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गत यातायात, फर्निसिङ, घरायसी उपकरण एवम् कपडा तथा जुत्ताचप्पल लगायतका वस्तु तथा सेवाहरुको मूल्य बढेका कारण समग्र गैर-खाद्य तथा सेवा मुद्रास्फीति वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

क्षेत्रगत उपभोक्ता मुद्रास्फीति भदौ महिनामा उपभोक्ता मुद्रास्फीति पहाडमा ५.० प्रतिशत, तराईमा ३.७ प्रतिशत, हिमालमा ३.४ प्रतिशत र काठमाडौं उपत्यकामा ३.० प्रतिशत रहेको छ । अघिल्लो वर्षकोसोही अवधिमा यस्तो मुद्रास्फीति पहाडमा ३.४ प्रतिशत, तराईमा ३.८ प्रतिशत, हिमालमा ५.४ प्रतिशत र काठमाडौं उपत्यकामा २.८ प्रतिशत रहेको थियो ।

नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति भदौ महिनामा नेपालको वाषिर्क बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.९ प्रतिशत र भारतको ३.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ३.४ प्रतिशत र भारतको ३.३ प्रतिशत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?