+
+
Shares

बारामा वृद्धको हत्या आरोपमा ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १३ गते १७:०६

१३ कात्तिक, बारा । बारामा वृद्धको हत्याको मुख्य योजनाकारसहितका ४ जना पक्राउ परेका छन् ।

कलैया उपमहानगरपालिका-२३, कोइरियाटोलका ६५ वर्षका नन्दलाल राउत कुर्मीको हत्याको मुख्य योजनाकार रहेको आरोपमा प्रहरीले स्थानीय ४५ वर्षका वीरेन्द्र पटेल भन्ने वीरेन्द्रलालप्रसाद जैसवाल र ५५ वर्षका जोधा भन्ने रामअयोध्या दास तत्मालाई पक्राउ गरेको हो ।

त्यस्तै, घटनामा सहयोगीको भूमिकामा रहेको आरोपमा १९ वर्षका विशाल पटेल र ६५ वर्षका बैजनाथ राउत कुर्मीलार्इ पक्राउ गरिएको बाराका प्रहरी प्रमुख एसपी सानुराम भट्टरार्इले बताए । गत कात्तिक १० गते बेलुका ८ बजे नन्दलालको घर नजिकै घाँटी रेटेर हत्या भएको थियो ।

पक्राउ परेका सबैलाई ज्यानसम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रहरीले अदालतबाट म्याद थप गरिसकेको छ । जग्गाजमिन प्रशस्त रहेको र छोराछोरी पनि नरहेकाले नन्दलालको हत्या पैसाका लागि भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?